Widgets

Home » » शिक्षिकाले पिट्दा नानी फुटेका अजयको फेरि शल्यक्रिया - See more at: http://ekantipur.com/np/2070/3/22/full-story/371525.html#sthash.NDXptwEU.dpuf

शिक्षिकाले पिट्दा नानी फुटेका अजयको फेरि शल्यक्रिया - See more at: http://ekantipur.com/np/2070/3/22/full-story/371525.html#sthash.NDXptwEU.dpuf

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Ajay
नेपालगन्ज, असार २२ - शिक्षिकाले किताबले हान्दा बायाँ आँखा को नानी गुमेका बालक अजय धोबीको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा उपचार सुरु भएको छ । शुक्रबार आँखा को दोस्रोपटक शल्यक्रिया गरिएको छ । डाक्टर रीता गुरुङको टिमले शल्यक्रिया गरेको हो जुन सफल भएको छ । अस्पतालछेउकै अनमोल गेस्टहाउसमा राखिएका बालकलाई शनिबार पनि अस्पताल बोलाइएको छ । नेपालगन्जस्थित फत्तेबाला आँखा अस्पतालमा शल्यक्रियापछि तिलगंगा आँखा अस्पताल 'रिफर' गरिएको थियो । यसैबीच बाँकेका चार संघसंस्थाले विद्यार्थीको आँखा को नानी फुट्ने गरी किताबले हान्ने हिरमिनियास्थित भेरी जोन बोर्डिङ स्कुलकी शिक्षिका आराधना रानाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । नर्सरी कक्षाका ८ वषर्ीय बालक अजयको बायाँ आँखा को दृष्टि गुमेकाले शिक्षिका रानालाई हदैसम्मको कारबाही र पीडितलाई क्षतिपूर्ति माग गर्दै अंगभंग मुद्दा दर्ता गराइएको हो । जाहेरीपछि प्रहरीले रानालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ । सिविन बाल हेल्पलाइनका मधुसूदन दवाडी, इन्सेकका नारायण सुवेदी, युनेस्को क्लबका रवि मानन्धर र हिमराइट्सका प्रकाश उपाध्यायले शिक्षिकाविरुद्ध जाहेरी दिएका हुन् । प्रहरीले शुक्रबारै अदालतबाट रानालाई अनुसन्धानका लागि म्याद थप गराएको छ । 'शिक्षिकाले भवितव्य हुन आएको भन्दै घटना स्विकारेकी छन्,' डीएसपी प्रेम बस्नेतले भने,

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger