Widgets

Home » » विश्व बैंकद्वारा २ अर्ब ७० करोडको बजेटरी सहयोग स्वीकृत

विश्व बैंकद्वारा २ अर्ब ७० करोडको बजेटरी सहयोग स्वीकृत

Written By sangalo on Saturday, June 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१५ असार, काठमाडौं । विश्व बैंकले नेपालको बैंकिङ्ग क्षेत्रका कमीकमजोरी अन्त्य र पारदर्शीता अभिवृद्धिको लागि वित्तीय क्षेत्र सुधार कार्यक्रमलाई सहयोग पुर्‍याउन ३ करोड डलर -करिब २ अर्ब ७० करोड रुपैयाँ) ऋण स्वीकृत गरको छ । डेभलपमेन्ट पोलिसी क्रेडिटअन्तर्गत यो ऋण दिएको विश्व बैंकले जनाएको छ ।
world bankनेपाल सरकारले भविष्यमा वित्तीय क्षेत्रलाई बलियो आधार प्रदान गर्ने उदेश्यले मध्यकालीन कार्यक्रम लागू गरेको छ । उक्त कार्यक्रमलाई सहयोग गर्न विश्व बैंकले ऋण सहयोग गरेको हो । विश्व बैंकले तोकिएको ६ शीर्षकमा लगानी गर्न ऋण दिएको हो ।
पहिलो पटक फाइनान्सियल स्ट्याबिलिटी प्रतिवेदन तयार गरेको नेपाल राष्ट्र बैंकले विश्व बैंकबाट पहिलो वित्तीय क्षेत्र स्थायित्व कर्जा प्राप्त गरेको हो । राष्ट्र बैंकले उक्त ऋण वित्तीय क्षेत्र विकास रणनीति तर्जुमा, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको पुनर्सरचना तथा क, ख, र ग वर्गका वित्तीय संस्थाको अवस्था मूल्यांकन गर्न र सम्भाव्य पुनर्सरचना गर्ने कार्यमा लगानी गर्ने छ ।
त्यसैगरी, बैंकिङ्ग पुनर्संरचना प्रक्रियालाई सहयोग पुर्‍याउन राष्ट्र बैंक र सम्बन्धित नियामक निकायहरुको संस्थागत व्यवस्थापन सबल बनाउने, प्रभावकारी बैंक अनुगमनको लागि नियमन र कानुनी ढाँचा सबलीकरण गर्ने र वित्तीय प्रणालीको पारदर्शीता अभिवृद्धि गर्ने कार्यमा उक्त ऋण रकम लगानी हुनेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger