Widgets

Home » » वैद्यद्वारा चुनाव बहिस्कार गर्ने औपचारिक प्रस्ताव

वैद्यद्वारा चुनाव बहिस्कार गर्ने औपचारिक प्रस्ताव

Written By sangalo on Saturday, June 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१५ असार, पोखरा । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले संविधानसभाको चुनावमा भाग लिन्छ या बहिस्कार गर्छ भन्ने द्वीविधा अब लगभग अन्त्य भएको छ । पार्टीभित्र चुनाव उपयोगवादीको बहुमत नपुगे वैद्य माओवादीले आगामी निर्वाचन सक्रियरुपमा बहिस्कार गर्ने भएको छ ।
पोखरामा जारी केन्द्रीय कमिटीको बैठकमा संविधानसभाको चुनाव बहिस्कार गर्ने प्रस्ताव अध्यक्ष मोहन वैद्यले संस्थापन पक्षकै तर्फबाट औपचारिक रुपमा पार्टीमा दर्ता गराउनुभएको हो । बैठकमा वैद्यद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा आगामी संविधानसभा चुनाव बहिस्कारको प्रस्ताव गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।1
‘संविधानसभाको निर्वाचनको प्रश्न लोकतन्त्रको प्रश्न त हो तर त्यसको आवरणमा बलिदानी संघर्षबाट प्राप्त विगतका कैयन उपलब्धिहरुलाई समाप्त पार्ने र नेपाललाई सिक्किमीकरण गर्ने षड्यन्त्र भइरहेको छ ।’ बैठकपछि पं्रवक्ता भुसालले वैद्यको प्रस्तावबारे जानकारी दिँदै भन्नुभयो,’यसलाई पार्टीले कुनै पनि अवस्थामा स्वीकार गर्न नसक्ने र बहिष्कार गरेर जानुपर्ने कुरा प्रस्तावमा उल्लेख छ ।चुनाव बहिष्कार अभियानलाई सफल पार्न सम्पूर्ण देशभक्त, गणतन्त्रवादी र वामपन्थी शक्तिसित मिलेर संयुक्त आन्दोलनलाई तीव्र पार्ने पनि अध्यक्ष वैद्यको प्रस्तावमा उल्लेख भएको भुसालले बताउनुभयो ।
वैद्यको राजनीतिक प्रतिवेदनमा वर्तमान राजनीतिक स्थितिको विश्लेषण गरिएको छ । जसमा देशभित्रका दलाल राजनीतिक शक्ति र वैदेशिक प्रतिक्रियावादी शक्तिको पहलमा अलोकतान्त्रिक ढंगले निर्माण भएको निर्दलीय सरकारको नेतृत्वमा घोषणा गरेको संविधान सभाको निर्वाचन केवल नौटंकी भएको र त्यसबाट जनताको संविधान बन्न नसक्ने निष्कर्षसमेत निकालिएको छ ।अध्यक्ष वैद्यको प्रतिवेदनमा सर्वपक्षीय गोलमेच सभा, दलीय सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठन र त्यसैबाट अग्रगामी राजनीतिक निकास निकाल्ने आफ्नो पुरानो लाइनप्रति प्रतिवद्धता दोहोर्याइएको छ ।
पोखरामा शनिबारबाट शुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा महासचिव बादलले संगठन र संघर्षसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको र ती प्रस्तावहरुको समर्थनमा उपाध्यक्ष सीपी गजुरेल तथा सचिवद्वय देव गुरुङ र विप्लवले आफ्ना धारणा राखेको माओवादीले जनाएको छ ।आइतबार बिहान ८ बजेबाट वैद्य र वादलका प्रस्तावमाथि केन्द्रीय सदस्य र सल्लाहकारहरुले आफ्ना धारणा राख्ने जनाइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger