Widgets

Home » » नयाँ सुपरस्टार रणवीर कपुर

नयाँ सुपरस्टार रणवीर कपुर

Written By sangalo on Saturday, June 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

ranbir

बलिउडमा रणवीर नाम भएका हिरो धेरै छन् । सानो बजेटका फिल्ममा हिरो तथा ठूलो बजेटकामा कमेडियन बन्ने रणवीर शोरी एउटा छन् । उनी विनय पाठकको जोडीका रूपमा कहिले चिनिन्छन् त कहिले अभिनेत्री कोनकोना शेन शर्माका पतिका रूपमा । यस्तै, अर्का रणवीर छन्, रणवीर सिंह । 'ब्यान्ड बाजा बारात'बाट रातारात हिट भएका यिनको अर्को फिल्म 'लेडिज भर्सेज रिक्की बहल' पmलप भएको थियो । र, तेस्रो रणवीर छन्- रणवीर कपुर । अहिले यिनै रणवीर कपुर बलिउडमाथि वर्षाको बादलझैं छाएका छन् । यो साता भारतका दुई ठूला साप्ताहिक पत्रिकाहरु 'इन्डिया टुडे' र 'टाइम्स अफ इन्डिया क्रिस्ट' ले रणवीरलाई आफ्नो कभर स्टोरी बनाए । समीक्षकदेखि सामान्य दर्शकसम्म, फिल्ममेकरदेखि सहकलाकारसम्म सबै यिनको प्रशंसामा एकजुट भएका छन् । एक हिसाबले भन्ने हो भने यिनी अहिले बलिउडी एकताको प्रतीक बन्न पुगेका छन् । तपाईंलाई यो सुन्दा अचम्म लाग्ला तर राष्ट्रिय एकताको प्रतीक खोजिएजस्तो हरेक उद्योगमा पनि एउटा त्यस्तो नेताको खोजी गरिन्छ, जसको नाममा आएपछि सबै एकमत हुन्छन् । फिल्म उद्योगमा त्यस्ता नेतालाई सुपरस्टार भनिन्छ । सुपरस्टारको अर्थ धेरै फिल्म हिट हुनुमात्र होइन । यसको अर्थ फिल्म क्षेत्र र अन्य क्षेत्रमा पनि प्रभावशाली हुनु र आवश्यक परेका बेला उद्योगलाई नै दिशानिर्देश गर्न सक्नु हो । अमिताभ बच्चन त्यसैका उदाहरण थिए । बच्चनका फिल्म हिट मात्र होइन, पmलप पनि त्यति नै भएका छन् तर फिल्म नचले पनि उनी कहिल्यै पmलप भएनन् । उनलाई कहिल्यै कम आँकिएन । आर्थिक अवस्थाले टाट पल्टिएका बेला पनि बच्चनको शान कायमै थियो । तर, जब यी बच्चन बूढा भए त्यसपछि सुरु भयो, नयाँ सुपरस्टारको खोजी । अनिल कपुर, सनी देओल, मिथुन चक्रवर्ती, गोविन्दा र सञ्जय दत्त हुँदै आएको यो खोजी अन्ततः तीन खानमा आएर टुंगिएको मानियो । शाहरूख, सलमान र आमीर खानलाई सुपरस्टार भन्न थालियो । यी तीनै सँगैजसो बलिउड आएका अजय देवगन र अक्षय कुमार पनि यिनका सँगसँगै हिँडे । यिनीहरूभन्दा दस वर्षपछि बलिउड आएर ऋत्विक रोशन पनि बेलाबेला यिनका अघिपछि कुदिरहेका भेटिन्छन् । तीन खान तथा अजय र अक्षय हिरो भएको दुई दशकभन्दा बढी भइसकेको छ । र, यी हिरोहरू कलेज जाने युवाको भूमिकाका लागि बिल्कुल नसुहाउँदो हुन थालेका छन् । बक्स अफिसमा यिनीहरू नै अरूभन्दा अगाडि भए पनि बलिउडमा नयाँ सुपरस्टारको खोजी तीव्र रूपमा भइरहेको छ । र, यो खोजी अचेल सोझैं रणवीर कपुरमा गएर अडिने गरेको छ । उनको पछिल्लो फिल्म 'ए जवानी है दिवानी'ले अहिलेसम्म १८४ करोड भारु कमाइसकेको छ र यसले अझै कमाइरहेको छ । अहिलेसम्मका सबभन्दा धेरै पैसा कमाउने फिल्ममा यो तेस्रो नम्बरमा पुगेको छ । अब योभन्दा अगाडि आमीर खानको 'थ्री इडियट्स' (२०२ करोड) र सलमान खानको 'एक था टाइगर' (१९८ करोड) मात्र छन् । रणवीरको अर्को फिल्म 'बर्फी'ले पनि सय करोड कमाएको छ भने 'राजनीति'ले ९८ करोड । जम्मा पाँच वर्षको करिअरमा रणवीरले १० फिल्ममा अभिनय गरेका छन् । यसमा सबै विधाका फिल्म छन् । 'राजनीति' जस्तो गम्भीर विषयको फिल्मदेखि 'अजब प्रेमीकी गजब कहानी' तथा 'रकेट सिंह', 'रकस्टार'का साथै उनले 'वेक अप सिड' र 'बर्फी'जस्ता फिल्ममा नितान्त फरक भूमिका गरे । गजब कुरा त के छ भने एउटा 'रकेट सिंह' बाहेक यी सबै फिल्म हिट भए । यसबाट उनले फरक अभिनय गर्छन् भन्ने मात्र होइन, दर्शकले उनलाई सबै भूमिकामा स्विकार्छन् भन्ने देखिन्छ । यसलाई सुपरस्टारको एउटा लक्षण मानिन्छ । यति छोटो समयमा उनले राजकुमार सन्तोषी, प्रकाश झा, सीमित अमिन, अनुराग बसु, सञ्जयलीला भन्साली र इम्तियाज अलीजस्ता प्रख्यात निर्देशकका फिल्ममा अभिनय गरे । पहिलो र दोस्रो फिल्म पmलप भए पनि रणवीर असफल भएनन् । विख्यात अभिनेता राज कपुरका नातिले आपmनो स्थान बनाएर छाडे । उनको चमक र दर्शकमा उनीप्रतिको सम्मोहन हेर्दा अबका सुपरस्टार रणवीर नै हुन्जस्तो देखिन्छ । रणवीरका प्रतिद्वन्द्वी अभिनेताहरूलाई हेर्ने हो भने उनीहरूको यो रेन्ज देखिँदैन । इमरान खान, रणवीर सिंह, शाहिद कपुर, सुशान्त सिंह राजपुत, इमरान हासमी, नवाजुद्दिन सिद्दकी, अर्जुन कपुरलाई रणवीरका प्रतिद्वन्द्वी मान्ने गरिएको छ । सैफ अली खान, अभिषेक बच्चन, जोन अब्राहम, इरफान खानजस्ता यी दुई पुस्ताका बीचका अभिनेतालाई यो दौडमा सामेल गरेर हेरिँदैन । यसरी हेर्दा शाहिद कपुर सबभन्दा पुराना देखिन्छन् । केही फिल्म हिट भएका शाहिद पछिल्लो समय असफल भइरहेका छन् । राजकुमार सन्तोषीदेखि प्रभु देवासम्मका नयाँ फिल्म खेलिरहेकाले उनले कमब्याक गर्ने सम्भावना बताइन्छ । अनुराग कश्यपको 'ग्याग्स अफ वासेपुर'बाट छाएका नवाजुद्धिनलाई राम्रो अभिनेता मानिए पनि उनमा स्टार क्वालिटी छैन । यिनै अनुरागको पनि नयाँ फिल्म रणवीरले खेल्दै छन् । 'काइपोचे'का सुशान्त सिंह राजपुतले राजकुमार हिरानीको फिल्ममा आमीरसँग तथा मनीष शर्माको फिल्ममा परिणिती चोपडासँग अभिनय गरिरहेका छन् । टीभी सिरियलबाट आएका राजपुतले रणवीरलाई टक्कर दिन सक्ने ठानिन्छ । रणवीरसँगसँगै आएका इमरान खानले आफ्नो करिअरको गियर बढाउन सकेका छैनन् । थुप्रै फ्लप फिल्मपछि एउटा हिट दिने उनको बानी छ । अभिनयको विविधता र भूमिका छनोटमा पनि उनी चिप्लिने गरेका छन् । पछिल्लो समय फरक खाले भूमिकामा सफलता पाउँदै गरेका इमरान हासमी रणवीरसँगसँगै छन् । तर, उनले पनि ठूलो सफलता पाउन सकेका छैनन् । सानो बजेटका फिल्मको औसत कमाइले उनलाई टिकाइराख्न त सक्छ र सुपरस्टार बनाउन सक्दैन । गत वर्षमात्र आएका अर्जुन कपुर, सिद्धार्थ मल्होत्राजस्ता कलाकारको खास परीक्षण हुनै बाँकी छ । रणवीर सिंहको भाग्य भने यसै महिना आउने फिल्म 'लुटेरा'ले तय गर्नेछ । 'लेडिज भर्सेज रिक्की बहल'को असफलतापछि आउने यो फिल्म हिट भएमा उनी रणवीरको खास प्रतिद्वन्द्वी बन्न सक्छन् । रणवीरको अर्को रोचक कुरा के छ भने उनले आफूभन्दा सिनियर हिरोइनहरू कटि्रना कैफ, कोनकोना शेन शर्मा, पि्रयंका चोपडा र विपासा वसुका साथै सँगैकी दीपिका पादुकोण र पछि आएकी नरगिस फाकरीसँग पनि जोडी बनाए । सोनम कपुर, दीपिका, कटि्रना र पि्रयंकासँग उनको नाम पनि जोडियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger