Widgets

Home » » बाबुरामद्वारा उपाध्यक्ष त्याग पार्टी छाडेको छैनः भट्टराई

बाबुरामद्वारा उपाध्यक्ष त्याग पार्टी छाडेको छैनः भट्टराई

Written By sangalo on Saturday, June 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Baburam

काठमाडौं, असार १५ - एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले पद त्याग गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा नेताहरुको बढुवाप्रति चर्को असन्तुष्टि भइरहेको बेला उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै पद त्यागको घोषणा गरेका हुन् । उनले शनिबार केन्द्रीय समिति बैठक सुरु हुनासाथ लिखित रुपमा पद त्याग गरेको जानकारी गराएका थिए । उनले आफूले उपाध्यक्ष पद छाडे पनि पार्टीको काममा सक्रिय रहने बताएका थिए । उनले पद त्यागे पनि राजीनामा शब्द प्रयोग गरेका छैनन् । ‘आजीवन एउटै पदमा रहने परम्परालाई अन्त्य गर्न मैले पद छाडेको हुँ’ उनले ईकान्तिपुरसँग भने, ‘मैले पार्टीबाट राजीनामा गरेको होइन ।’ उनले क्रमशः अध्यक्ष पुष्पकमल दाहाललगायतले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जाने प्रक्रियाको सुरुवात भएको बताए । ‘विस्तारै अध्यक्षले पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रियाको थालनी पनि हो,’ उनको भनाइ थियो । उनले पद त्यागको घोषणा गरे लगत्तै पूर्व स्थायी समिति, राज्य समिति इञ्चार्जहरुको बैठकमा नेताहरुले फिर्ता लिने दवाव दिएका थिए । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको नेताहरूको बढुवा प्रस्तावप्रति असन्तुष्टि बढेपछि भट्टराईले पद त्याग घोषणा गरेका हुन् । केन्द्रीय समितिमा बोल्ने अधिकांशले आफ्नो सही मूल्यांकन नभएको गुनासो गर्दै आएका छन् । केही नेताहरूले आवश्यक परे पदका लागि पार्टीभित्र निर्वाचन हुनुपर्ने मागसमेत गरेका छन् । पदाधिकारी चयनमा एमालेबाट प्रवेश गरेका रामचन्द्र झाले खुलारुपमै विरोध गरेका छन् । उनले आफू पार्टीबाट राजीनामा दिने निष्कर्षमा पुगेको बताएका छन् । दाहालले बैठकमा पदाधिकारी ९, पूर्ण स्थायी २५, सात वैकल्पिक स्थायी, ५१ पोलिटब्युरो, २४ वैकल्पिक पोलिटब्युरो र एक सय ५१ पूर्ण केन्द्रीय सदस्य, बाँकी वैकल्पिक केन्द्रीय समिति गरी ३ सय ९९ जनाको जम्बो केन्द्रीय समिति प्रस्ताव गरेका छन् । भट्टराईको पदत्यागले एमाओवादीभित्रका नेतृत्व चयन प्रक्रियाको अन्तरविरोध सतहमा आएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger