Widgets

Home » » स्ट्याण्डर्ड चार्टर्डमा शिशु स्याहार केन्द्र

स्ट्याण्डर्ड चार्टर्डमा शिशु स्याहार केन्द्र

Written By sangalo on Sunday, June 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१६ असार, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले काठमाण्डौको नयाँ वानेश्वरस्थित मुख्य कार्यालयमा दिवा स्याहार केन्द्र स्थापना गरेको छ । माइती नेपालकी संस्थापक अनुराधा कोइराला र नेपाल सरकारको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक केवल प्रसाद भण्डारीले केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
child careउक्त अवसरमा बोल्दै कोइरालाले बच्चाको स्याहार गर्नुपर्ने अवस्थाका युवा कर्मचारीको समस्यालाई सम्बोधन गर्ने प्रयासका रुपमा स्याहार केन्द्र स्थापना गरेकोमा बैंकको प्रसंसा गर्नुभयो । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक भण्डारीले विधिता र समावेशीका आयामलाई सम्बोधन गर्ने बैंकको प्रयास सकारात्मक रहेको बताउनुभयो । उहाँले अन्य निजि संस्थाले पनि यो उदाहरणीय कामको सिको गर्नुपर्ने बताउनुभयो ।
दिवा शिशु स्याहार केन्द्र खुलेसँगै बैंकको केन्दि्रय कार्यालयमा काम गर्ने महिला आमाहरुले आफ्ना साना बच्चालाई कार्यालय अवधिभर त्यहाँ राखेर हेरविचार गर्न सक्नेछन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger