भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
वैद्य माओवादीका एक केन्द्रीय सदस्यको विश्लेषण अनुसार भारतले सिक्किमीकरणको योजनालाई सफल पार्न नेपालका तीनवटा प्रमुख पार्टीभित्र आफ्नो पक्षको नेतालाई स्थापित गर्ने रणनीति बनाएको छ । कांग्रेसभित्र सुशील कोइरालालाई कमजोर बनाएर देउवालाई नेता बनाउने, एमालेभित्र झलनाथ खनाललाई ‘कु’ गराएर केपी ओलीलाई अध्यक्ष बनाउने अनि एमाओवादीभित्र कृष्णबहादुर महरालाई महासचिवमा आउन नदिएर वर्षमान पुनलाई महासचिव र रामचन्द्र झालाई पदाधिकारीमा ल्याउने खेल भारतले खेलिरहेको वैद्य माओवादी नेताको निश्कर्ष छ । भारतले चुनाव अघि नै यस्तो सेटिङ मिलाउन खोजिरहेको ती नेताले दाबी गरे ।
नेपालमा हुने अनेक राजनीतिक घटनाक्रमलाई यसरी भारतसँग जोडेर हेर्ने र विश्लेषण गर्ने प्रचलन नयाँ होइन । यही पुरानो प्रचलनलाई निरन्तरता दिँदै वैद्य नेतृत्वको माओवादीले कांग्रेसभित्र देउवाको तुलनामा सुशील कोइरालालाई अपेक्षाकृत राष्ट्रवादी रहेको निश्कर्ष निकालेको छ । त्यस्तै भारतबाट नरुचाइएका एमाले अध्यक्ष झलनाथ खनाल केपी ओलीको तुलनामा राष्ट्रवादी नेता भएको वैद्यपक्षको ठहर छ ।
एमाओवादी अध्यक्ष प्रचण्डले भारतलाई रिझाउने नीति लिएको र बाबुरामभन्दा अगाडि बढेर भारतलाई खुशी पार्न खोजिरहेको निश्कर्ष वैद्य माओवादीका नेताहरुको छ । एमाओवादीभित्र भारतीय खेलकै कारण कृष्णबहादुर महरालाई महासचिव बन्न नदिइएको र वर्षमान पुनलाई नयाँ पात्रका रुपमा अगाडि ल्याउन लागिएको दाबी बैद्य माओवादीका नेताले गरेका छन् ।
’भारतले नेपालका कम्युनिष्ट क्रान्तिकारीलाई दबाउन सक्ने प्रतिक्रियावादी नेता खोजिरहेको छ र यसका लागि त्यस्तो उपयोगी पात्र शेरबहादुर देउवा बन्दैछन् ।’ वैद्य माओवादीका केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने-’अब नेपालको राजनीतिमा तीब्र धु्रवीकरण हुन्छ, एकातिर देउवाको नेतृत्वमा प्रतिक्रियावादी र दलालहरु उभिनेछन्, अर्कातिर देशभक्त र क्रान्तिकारीहरु हुनेछन् ।’ वैद्य माओवादीका केन्द्रीय सदस्यले मंसिर ४ को चुनाव कुनै पनि हालतमा हुन नदिने बताए । यही निहुँमा आफूहरुमाथि दमन गरिए भूमिगत भएर छापामार युद्धमा जाने उनले बताए । र, आफूहरुमाथि दमन गर्न रेग्मी सरकारको ठाउँमा देउवाको नेतृत्वमा भारत समर्थित सरकार आउने उनले आफ्नो विश्लेषण सुनाए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.