Widgets

Home » » दमबाट कसरी जोगिने ?

दमबाट कसरी जोगिने ?

Written By sangalo on Sunday, June 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

वातावरण प्रदुषण बढेसँगै अहिले दम लगायतका स्वासप्रस्वास सम्बन्धि रोग आम समस्या बनिरहेका छन् । बच्चादेखि बुढासम्ममा दमको समस्या देखिन थालेको छ । खासगरी स्वासनली तथा फोक्सोको संक्रमणका कारण दम हुन्छ ।
airway
दमका कारण स्वासनली खुम्चिने तथा मांसपेशीमा असर पर्ने तथा फोक्सोमा समेत नराम्रो असर पर्ने हुन्छ । धूलो धुवाँ, धूमपान जस्ता कारणहरु दमका कारकतत्व हुन् । यसकारण दमबाट बच्नका लागि निम्न सावधानी अपनाउनु उत्तम हुन्छ :
  • हिँडडुल गर्दा, घर कोठाको सरसफाइ गर्दा रुमालले नाकमुख छोप्नुहोस् वा मास्क लगाउनुहोस् ।
  • गाडीको धुवाँमा विभिन्न खाले हानिकारक रसायन समेत हुन्छन् । त्यसैले गाडी बढि गुड्ने ठाउँमा हिँडडुल गर्दा मास्क लगाउनु अनिवार्य हुन्छ ।
  • धूमपान नगर्नुहोस, धूमपान गरिरहेको व्यक्तिको नजिक नजानुहोस् । आफुले धूमपान नगरेपनि अरुले गरेको धूमपानको धुवाँले तपाइँलाई धेरै असर पूराउँछ ।
  • तपाइँमा एलर्जीको समस्या छ भने त्यसले दमलाई झनै बढाउन सक्छ । त्यसकारण आफुलाई एलर्जी गराउने वस्तुहरुबाट बच्नुहोस् ।
  • तनावलाई कम गर्नुहोस् । तनावका कारण पनि दमको समस्या बढ्नसक्छ ।
  • नियमित हल्का व्यायाम गर्नुहोस् । तर जिउले नथेग्नेगरी दौडधुप र व्यायाम नगर्नु राम्रो हुन्छ ।
  • पेटमा बढि अम्लपना अर्थात ग्यास्टि्रकको समस्या छ भने त्यसले पनि दमलाई बढाउन सक्छ । त्यसैले ग्यास्टि्रकको समस्या हुन नदिन र भएमा कम गर्ने उपाय अपनाउनुपर्छ ।
  • पिनासको समस्या छ ? यदि छ भने उपचार गराइहाल्नुहोस् । यसले दमलाई निम्त्याउन सक्छ र बल्झाउँछ पनि ।
  • मोटोपन मुटुरोग देखि लिएर स्वासप्रस्वास सम्बन्धि रोगको जड हो । त्यसैले मोटोपन नियन्त्रणमा सजग हुनुहोस् ।
समग्रमा दमको जोखिमबाट बच्न प्रदुषित हावाबाट बच्नु नै मुख्य उपाय हो । जसका लागि धुलोधुवाँयुक्त क्षेत्रमा नहिड्ने, हिँड्नपरे मास्क लगाउने, धूमपान मध्यपान गर्ने र स्वस्थ जिवनशैली अपनाउने गर्नु उपयुक्त हुन्छ । त्यस्तै स्वासनली तथा फोक्सोको संक्रमणको पनि समयमै उपचार गरिहाल्नुपर्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger