Widgets

Home » » कारागारमा श्रीमान् भेट्न आउँदा अर्कैसाग प्रेम बसेपछि…

कारागारमा श्रीमान् भेट्न आउँदा अर्कैसाग प्रेम बसेपछि…

Written By sangalo on Saturday, June 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१६ असार, ललितपुर । सप्तरीकी बिपना गिरी नियमित रूपमा नक्खु कारागारमा श्रीमान् भेट्न आउँथिन् । सोसियल रिह्याबिलिटेसन सेन्टर (सीआरसी) मा रहेका श्रीमान् भेट्न आउने क्रममा उनको ड्रग रिह्याबिलिटेसन सेन्टर (डीआरसी) मा रहेका एक कैदीसँग चिनजान भयो । त्यसको तीन/चार महिनापछि अर्को पुरुषसँगको सम्बन्ध बाक्लिँदै गयो । उनी कारागारमा खानेकुरा लिएर भेट्न अझ बढी आउन थालिन् तर श्रीमान्लाई होइन, अर्कै पुरुषलाई ।
jellती पुरुष तीन महिनाअघि मात्र सजाय सकाएर बाहिरिए । नक्खु कारागारका आन्तरिक प्रशासनका एक कर्मचारीका अनुसार जेलबाट छुटेलगत्तै उनीहरूको विवाह भएको छ । उनको पहिलो श्रीमान्को सजाय सकिन भने अझै नौ महिना बाँकी छ । उनी मात्र होइन, पछिल्लो समयमा नक्खु कारागारमा यस्तो घटना समान्य बन्न थालेको छ । सप्तरीकै अर्का एक कैदीलाई पनि ६ महिना पहिले यही कारागारमा रहँदा नै श्रीमतीले छाडेकी थिइन् ।
कारागार प्रशासनका अनुसार युनिटीको मुद्दामा कारागार परेका बन्दीहरूमध्ये दुईजना बन्दी एउटै ब्लकमा थिए, उनीहरू दुवै मिल्ने साथी पनि । त्यस क्रममा एक बन्दीकी श्रीमती नियमित भेट्न आउँथिन् । अर्का बन्दीको भाइ आउँथे । घर पनि नजिकै भएकाले युवक दाइ र युवती श्रीमान् भेट्न सँगै आउँथे । दाइको साथीको श्रीमती भएकाले उनले पनि ‘भाउजु’ भन्दै मोटरसाइकलमा सँगै लाने–ल्याउने गर्थे । तीन/चार महिनादेखि भेट्न आउने दुवै कारागारमा आएनन् । दुवै बन्दीलाई आफन्तहरूले उनीहरूका सम्बन्धका कुरा सुनाउन थाले । सुरुमा त उनीहरूले विश्वास गरेनन् ।
‘तर, मन्दिरमा गएर विवाह नै गरेपछि नपत्याई सुखै पाएनन्,’ उनीहरू भन्छन् । त्यही विषयलाई लिएर उनीहरूबीच झगडासमेत भएको थियो । यी दुई घटनापछि अहिले कारागारमा रहेका सबै कैदी कतिखेर आफ्नी श्रीमती पनि अरूसँग गएको समाचार सुन्नुपर्ने हो भन्ने चिन्तामा डुब्न थालेका छन् । अविवाहित युवा–युवतीले प्रेम गर्नु नौलो कुरा होइन तर श्रीमान् कैदमा परेपछि श्रीमतीले अर्कैसँग प्रेम सम्बन्ध गरी विवाह गर्दा स–साना लालाबालाको हालत कस्तो होला ? नक्खु कारागारका कैदीहरू अहिले यही पीडामा छन् । श्रीमती अर्कैसँग गएपछि उनीहरूले भोग्नुपरेको यो समस्या निकै पीडादायी पनि छ । विधिपूर्वक विवाह गरेका तर कुनै अभियोगमा जेलमा परेका ती कैदीहरू आफ्नी श्रीमतीको चिन्तामा जेलजीवन बिताइरहेको राजधानी दैनिकमा खबर छ ।
आफ्ना साथीका श्रीमतीले छाडे रे भन्ने कुरा सुन्दा सुन्दै आफू पनि कहिले यही पीडामा पर्ने हो भन्ने चिन्ता उनीहरूमा सधैं हुने गरेको छ । नक्खु कारागारमा हाल ५ सयको हाराहारीमा कैदी छन् । जसमध्ये विवाहित कैदी धेरैजसोका श्रीमती अर्कै व्यक्तिसँग विवाह गरेर गएका छन् । कलेज, पार्क अनि फिल्म हल प्रेमको सुरुआत हुने ठाउँ भएजस्तै नक्खु कारागार पनि पछिल्ला वर्षमा प्रेम र वैवाहिक सम्बन्ध तोडिने ठाउँ बन्दै छ । विभिन्न किसिमका अपराध प्रमाणित भएर कारागारमा परेका कैदी मात्र होइन, मुद्दा नटुंगिएका थुनुवा पनि कारागारभित्र रहँदा श्रीमतीबाट विछोडको चपेटामा परेका छन् । कारागारको सुरक्षामा खटिएका प्रहरीका अनुसार कतिपय बन्दी/कैदीका श्रीमतीले जेलमा भेट्न आउने क्रममा अन्य पुरुषसँग चिनजान भई विवाह भएको छ । कारागारभित्र साताको एक/दुईओटा सम्बन्ध अन्त्य सामान्य लाग्न थालेको यहाँ कार्यरत कर्मचारी बताउँछन् । कैदी/बन्दीलाई कारागारभित्र हुँदासम्म सबैभन्दा बढी चिन्ता नै श्रीमतीको हुने कैदी शेख सफी बताउँछन् ।
उनका अनुसार परिवारका अरू सदस्यहरू पर्खेर बस्नेमा ढुक्क भए पनि उनीहरू श्रीमतीप्रति ढुक्क हुन सक्दैनन् । ‘बूढा भएका बाबु–आमा र साना छोराछोरी पर्खेर बस्छन् भन्नेमा ढुक्क हुन्छ,’ उनले भने, ‘तर, श्रीमतीले अर्कोसँग विवाह गरी भन्ने खबर कहिले आउला भनेर सधैं डर हुन्छ ।’ श्रीमती अपरिपक्व उमेरको हुँदा चिन्ता बढी हुने उनले बताए । त्यसो त चार/पाँचजना सन्तानलाई छाडेर अर्को पुरुषसँग विवाह गरेको घटनाले उनीहरूलाई झनै सशंकित तुल्याएको छ । श्रीमती छाडेर गए बालबालिकाको बिचल्ली हुन्छ भन्ने चिन्ता उनीहरूमा हुने गर्छ ।
‘यहाँ त दिनहुँजस्तो सम्बन्ध टुटेको र अर्कैसँग जुटेको नयाँ–नयाँ कथा सुन्न पाइन्छ,’ कारागार प्रमुख लक्ष्मीप्रसाद रेग्मी भन्छन्, ‘भर्खर विवाह गरेकादेखि ४०/५० वर्ष पुगेका महिलासमेत सन्तानको विवाह गर्ने उमेरमा छाडेर गएका छन् ।’ श्रीमान् कारागारमा परेको दुई/तीन महिनामा नै विवाह गर्ने गरेको उनले बताए । श्रीमती अर्कोसँग विवाह गरेपछि थोरैका बालबालिका परिवारका अरू सदस्य र आफन्तसँग बस्ने अनुभव पनि रेग्मीले सुनाए । अधिकांश कैदी/बन्दीका सन्तान संस्थाहरूमा बसेका छन् । बिदाका समयमा उनीहरूले सन्तानलाई कारागारभित्र ल्याउने गरेका छन् ।
स्वास्थ्य सहायकका रूपमा कारागारमा कार्यरत तिलबहादुर बस्नेतका अनुसार त्यहाँभित्र आउनासाथ १० प्रतिशतलाई मानसिक रोग लाग्ने गरेको छ । लामो समय कारागार बस्नुपर्ने हत्या, लागूऔषधलगायतका मुद्दामा यस्ता घटना बढी हुने गर्छन् । मानसिक रोगीमध्ये पनि धेरैलाई कडा खालका मानसिक रोग लाग्ने उनले बताए । ‘कारागारभित्र शारीरिक रोगभन्दा पनि मानसिक रोगको बढी खतरा रहन्छ,’ उनले भने ।
कैदी/बन्दीको प्रजनन अधिकारका विषयमा नीति बन्न नसकेको उनीहरूको गुनासो छ । आर्थिक अवस्था न्यून भएकै कारण अपराधमा संलग्न हुने धेरै रहेको जेलर रेग्मीले बताए । परिवारका अरू सदस्यले सहयोग नगर्दा वा आर्थिक भार पर्नु पनि कैदीरबन्दीको श्रीमतीको अर्को विवाहको कारण बनिरहेको छ । ‘कतिपय अवस्थामा अर्को विवाह उनीहरूको बाध्यता बन्छ भने कतिका लागि रहर भएको छ,’ रेग्मीले भने । विकसित मुलुकमा जस्तै ‘प्रजनन अधिकार’ सम्बन्धी नीति बन्न सके यस्ता घटनामा कमी आउने कैदी/बन्दीको बुझाइ छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger