Widgets

Home » » विदेश बस्ने जग्गा धनीलाई थाहै नदिई डेढ करोडको जग्गा बिक्री

विदेश बस्ने जग्गा धनीलाई थाहै नदिई डेढ करोडको जग्गा बिक्री

Written By sangalo on Saturday, June 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१६ असार, काठमाण्डौं । विदेशमा बस्दै आएका एक व्यक्तिको दुई करोडभन्दा बढी मूल्य पर्ने जग्गा उनलाई थाहै नदिई बिक्री भएको छ । नक्कली जग्गाधनी प्रमाणपत्र बनाई जग्गा बिक्री भएको हो । अर्काको जग्गा बिक्री गरी करोडौं कमाउन खोज्ने दुई जना भने प्रहरीको फन्दामा परेका छन् । विदेशमा रहेको मौका छोपी रुपन्देहीका रसिब धिताको बूढानिलकण्ठस्थित दुई रोपनी जग्गा नक्कली कागजपत्रका आधारमा बिक्री भएको हो । नक्कली जग्गाधनी प्रमाणपत्र तथा धितालको नाममा नक्कली नागरिकता बनाएर जग्गा खरिदबिक्री गर्ने झापा घर भई गोंगबु बस्ने सुमन श्रेष्ठ र बूढानिलकण्ठका कान्छा थापा पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले उनीहरुलाई शुक्रबार पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ । सिआइबीका अनुसार अभियुक्त श्रेष्ठले आफूलाई रसिव धितालका रुपमा प्रस्तुत गरी सो जग्गा राजन श्रेष्ठलाई १ करोड ५५ लाख रुपैयाँमा बिक्री गरेका थिए । वास्तविक जग्गाधनी धितालले आफ्नो जग्गा बिक्र भइसकेको थाहा पाएपछि प्रहरीमा उजुरी गरेका थिए । मालपोत कार्यालयबाट उनको जग्गा राजन श्रेष्ठका नाममा नामसारी भइसकेको थियो । श्रेष्ठले पनि सो जग्गा अन्य व्यक्तिलाई बिक्री गरिसकेपछि मात्र किर्ते भएको तथ्य खुलेको हो । घिताल परिवारले २०४० सालमा सो जग्गा एक लाख रुपैयाँमा खरिद गरी पूर्वजग्गाधनीलाई नै कमाउन दिएका थिए । तर, जग्गाधनी लामो समयसम्म सम्पर्कमा नभएपछि सुमन श्रेष्ठले आफू जग्गाधनीको छोरो भएको भन्दै सो जग्गाका मोहीलाई १० लाख रुपैयाँ दिएर फकाई नक्कली धनी बनेर जग्गा बिक्री गरेका हुन् । यसरी जग्गा किर्तेको काममा चाबहिल मालपोतका कर्मचारीसमेतको मिलेमतो रहेको स्रोतले दाबी गरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger