Widgets

Home » » लुकाउने प्रवृतिले क्षयरोगी पत्ता लगाउन समस्या

लुकाउने प्रवृतिले क्षयरोगी पत्ता लगाउन समस्या

Written By sangalo on Sunday, June 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
राजविराज, असार १७ - सामाजिक प्रतिष्ठामा आँच आउने सोचाइका कारण सप्तरीमा क्षयरोग का रोगीको पहिचानमा समस्या उत्पन्न भएको छ । रोग निको हुने दर ९५ प्रतिशत रहेपनि सप्तरीमा रोग पत्ता लाग्ने दर भने ३० प्रतिशतमात्र रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ । क्षयरोग लुकाउनुलाई नेपाल क्षयरोग निवारण संस्था (नाटा) सप्तरीले मानवताविरुद्धको अपराधका रूपमा लिएको छ । “ क्षयरोग लागेको व्यक्तिले रोग लुकाएर समाजमा अन्य व्यक्तिहरूलाई पनि सारिरहेका हुन्छन्” नाटा सप्तरीका अध्यक्ष विजयानन्द झा भन्छन्, “एकजना रोगीका कारण त्यसको परिवार र समाजमा समेत क्षयरोग को किटाणु फैलिरहेको छ जुन अत्यन्तै चुनौतीको विषय हो ।” हाल सप्तरीमा ५९७ जना बिरामीको औषधि खाइरहेका छन् । औषधि खाइरहेकामध्ये नयाँ बिरामी १४८ रहेका छन् भने औषधि खाँदाखाँदै पुनः बल्झेको पाँचजना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत गुन्जेश्वर यादव बताए । शङ्कास्पद रोगीको खकार जाँच गर्दा १६८ जनामा क्षयरोग को किटाणु नदेखिएको र फोक्सोभन्दा बाहिरको भागमा क्षयरोग लागेका बिरामी १२ जना र अन्य जिल्लाबाट आएर औषधि खानेको सङ्ख्या पनि १२ रहेको सो कार्यालयको तथ्याङ्कमा उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वको हरेक तेस्रो व्यक्तिमा क्षयरोग उत्पन्न गर्ने जीवाणु छ । नेपालमा भने ६० प्रतिशत वयस्क क्षयरोग बाट प्रभावित छन् भने करिब ८० हजार क्षयरोग ी रहेको राष्ट्रिय क्षयरोग केन्द्र र सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रले जनाएको छ । जनस्वास्थ्य कार्यालयसँगै नाटा सप्तरी, व्रिटेन नेपाल मेडिकल ट्रष्ट, सगरमाथा सामुदायिक विकास केन्द्रजस्ता संस्थाहरू सप्तरीमा क्षयरोग को निवारणमा कार्यरत रहेको छ । नाटाले क्षयरोग को निवारण सम्बन्धमा पत्रकारहरूसँग शनिबार आयोजना गरेको अन्तरक्रियामा जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले सप्तरीमा शङ्कास्पद बिरामी पत्ता लगाउने दर अझै न्यून रहेको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका क्षयकुष्ठ अधिकृत गुन्जेश्वर यादव भन्छन्- “दुई साता वा यसभन्दा बढी समयसम्म निरन्तर खोकी हुनु, खोकीसँगै कफ आउनु, ज्वरो आउनु, तौलमा कमी वा भोकमा कमी क्षयरोग को प्रमुख लक्षण हो ।” क्षयरोग निदानका लागि निरन्तर तीनपटक खकारको जाँच, डट्स केन्द्रमा निःशुल्क परीक्षण सेवा र औषधि निःशुल्क खुवाउने गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले सन् २०१५ सम्ममा क्षयरोग को प्रकोप दर र मृत्युदरलाई घटाउन सबै क्षेत्रको सहयोग आवश्यक छ भने । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger