Widgets

Home » » एकपछि अर्को मागप्रति व्यवसायी उन्मुख कमिसन बढाएको एक महिना नबित्दै फेरि ग्यास आन्दोलन

एकपछि अर्को मागप्रति व्यवसायी उन्मुख कमिसन बढाएको एक महिना नबित्दै फेरि ग्यास आन्दोलन

Written By sangalo on Sunday, June 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Gas

काठमाडौ, असार १७ - सुन र पानी व्यवसायीले आफ्ना जायज/नाजायज माग पूरा गर्न सरकारलाई घुँडा टेकाएलगत्तै ग्यास व्यवसायी पनि यस्तै आन्दोलनमा लागेका छन् । ग्यास विक्रेताले कारोबार ठप्प पार्नेसम्मको आन्दोलन शनिबार साँझ घोषणा गरेका हुन् । 'ग्यास ठप्पै पार्नेसम्मको आन्दोलन गर्ने निर्णय छ,' महासंघका महासचिव महेश्वर श्रेष्ठले भने । सरोकारवालाहरूले चुनावी म्यान्डेट मात्र भएको कमजोर सरकार रहेका बेला 'धमिलो पानीमा माछा मार्ने' उद्देश्यबाट ग्यास ठप्प पार्ने निर्णय गरेको प्रतिक्रिया दिएका छन् । उनीहरूले विक्रेता यो निर्णय उपभोक्ता विरोधी भएको बताएका छन् । विक्रेताले शनिबार ग्यास विक्रेता संघका अध्यक्ष चन्द्र थापाको संयोजकत्वमा २१ सदस्यीय संघर्ष समिति गठन गरेका हुन् । सरकार र सरोकारवाला पक्षसँग वार्ता तथा समन्वय गर्न महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको संयोजकत्वमा ५ सदस्यीय 'स्टेरिङ कमिटी' गठन गरिएको छ । संघर्ष समितिलाई आवश्यक निर्देशन र परिचालनसमेत गर्ने स्टेरिङ कमिटीको सदस्यमा ग्यास विक्रेता संघका अध्यक्ष विवेन्द्रभक्त प्रधानांग, ग्यास वितरक संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ, महासंघको पूर्वाञ्चल सदस्य वीरेन्द्र कार्की र पश्चिमाञ्चल सदस्य सहदेव श्रेष्ठ छन् । सरकारले कुनै दबाब र संघर्षको कार्यक्रमबिनै कमिसन ४ रुपैयाँ बढाइदिए लगत्तै विक्रेताले आन्दोलन गर्ने निर्णय गरेका हुन् । कमिसन वृद्धिअघि विक्रेताले आन्दोलनको निर्णय गरेका थिएनन् । ग्यास प्लान्ट सञ्चालकले भने कमिसन र सञ्चालन खर्च वृद्धिका लागि आन्दोलनको घोषणा गरेको थियो । कमजोर सरकार रहेका बेला आफ्ना नाजायज माग पूरा गराउन बिक्रेताले आन्दोलनको घोषणा गरेको उपभोक्ता अधिकारकर्मीले बताएका छन् । 'ग्यास उद्योगी, पानी व्यापारी र दूध व्यापारीले सरकारलाई घुँडा टेकाए,' उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, 'त्यसैबाट सिकेर ग्यास विक्रेताले पनि आन्दोलनको घोषणा गरेका हुन् । कमजोर सरकार रहेका बेला आफ्ना नाजायज माग पूरा गराउन बन्द हडताल गर्ने परिपाटी गलत हो ।' सरकारले ५ प्रतिशत कमिसन वृद्धि गरे ग्यास विक्रेताले प्रतिसिलिन्डर ग्यासमा ७३ रुपैयाँ ५० पैसा कमिसन पाउँछन् । पछिल्लो पटकको वृद्धिले विक्रेताको कमिसन ३२ रुपैयाँ पुगेको छ । 'म मासिक ३ सय सिलिन्डर बेचेर ९ हजार रुपैयाँ कमाउँछु,' महासचिव श्रेष्ठले भने, 'यति पैसाले कसरी गुजारा चल्छ ?' अध्यक्ष तिमिल्सिनाले भने कमिसन नपुगेर आजसम्म कुनै ग्यास विक्रेता पेसाबाट विस्थापित हुनु नपरेको बताए । 'गुजारा चल्दैन भने ग्यास पसल खोलिन किन नरोकिएको ? भएका ग्यास पसल किन बन्द नभएको ?' उनले प्रश्न गर्दै भने, 'यो सबै नौटंकी हो ।' तिमिल्सिनाले आवश्यकताभन्दा बढी ग्यास विक्रेता हुनु समस्या भएको बताए । काठमाडौं उपत्यकामा कम्तीमा ४ हजारसहित देशभर करिब २० हजार ग्यास विक्रेता भएको महासंघको अनुमान छ । विक्रेताको संख्या बढ्दा मुनाफा पनि बाँड्नुपर्ने हुन्छ । 'अभावका बेला उपभोक्तालाई नयाँ सिलिन्डर भिडाउने, कालाबजारी गर्ने, चामल/चिया र पान पसलबाट समेत ग्यास बेच्ने विक्रेताले अहिले कमिसनको मात्र कुरा उठाउन मिल्छ ?' तिमिल्सिनाले भने ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger