Widgets

Home » » फिल्मी खबरहरु

फिल्मी खबरहरु

Written By sangalo on Sunday, June 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

बिन्दास-२ को इन्डक्ल्याप

 चलचित्र 'बिन्दास' को सिक्वेल 'बिन्दास-२' को छायांकन २६ दिनमा सम्पन्न भएको छ। मधुकुमार श्रेष्ठद्वारा निर्मित यो चलचित्रको गत साता बालाजुस्थित ल्याबमा एउटा गीतको छायांकन गर्दै छायांकन सम्पन्न भएको घोषणा गरिएको हो। राजु गिरीद्वारा निर्देशित यो चलचित्रमा जीवन लुइँटेल तथा सुष्मा कार्की मुख्य भूमिकामा छन्। यो चलचित्र तिहारको अवसर पारेर आगामी कात्तिक १५ गते सार्वजनिक हुनेछ। 

निखिल पनि निर्देशनमा

 नायक निखिल उप्रेती अब निर्देशकका रूपमा दर्शकमाझ आउनेछन्। उनले निर्देश्ान गर्ने पहिलो चलचित्र 'कमिट्मेन्ट' हिन्दी भाषामा हुने बताइन्छ। चलचित्रको कथाकार तथा पटकथाकारसमेत नायक उप्रेती नै हुन्। इन्सपिरेश्नल इनोभेसनले निर्माण गर्ने यो चलचित्रका अधिकांश कलाकार भारतीय हुनेछन्। निखिलले आफ्नो पहिलो निर्देश्ानको चलचित्रमा काठमाडौंदेखि मुम्बईसम्मको कथालाई समेटिने बताएका छन्। यो चलचित्रमा राज जुत्सी, आर्यन वैद्य, यसपाल शर्मा, सञ्जय मिश्र आदिले अभिनय गर्ने पक्का भएको बताइन्छ। आगामी साता वीरगन्जबाट प्रारम्भ हुने यो चलचित्रको छायांकन काठमाडौं, पोखरा, मुम्बई, दुबई तथा बैंककमा पनि गरिनेछ।

 स्काइपमा राघवको निर्देशन

 नायक राजबल्लभ कोइरालाले निर्माण गर्ने चलचित्र 'राघव' को काठमाडौंमा छायांकन प्रारम्भ भएको छ। गत सोमबार तथा मंगलबार गरिएको छायांकनको दृश्य निर्देशक भुपेन्द्र भट्टराईले अमेरिकामा बसेर स्काइपमार्फत गरेका थिए। राघव नाम भएका पात्रको भावनात्मक यात्रालाई मुख्य विषय बनाइएको यो चलचित्रमा अशिष्मा नकर्मी, वसन्त भट्ट, गीत अधिकारी, शिविर पोखरेल, अस्मिता ढकाल आदि कलाकारले अभिनय गर्दैछन्। शिविर तथा अस्मिता अमेरिकामा हुने छायांकनमा पनि सहभागी हुनेछन्।

 साउन ३२ मा भिडन्त

 आगामी साउन ३२ गते तीन नयाँ चलचित्र एक-अर्कासंग भिड्ने पक्का भएको छ। तीजको पूर्व सन्ध्यामा प्रदर्शन हुने 'किन किन', 'महसुस' तथा 'सौर्य' लाई आशा गरिएका चलचित्रको सूचीमा राखिएको छ। उकेश दाहालको 'किन किन' मा राजेश हमाल, कल्याण घिमिरेको महसुसमा आर्यन सिग्देल तथा हाकिम गुरुङको 'सौर्य' मा सौगात मल्ल केन्द्रीय भूमिकामा छन्।

 माई प्रमिसको गीत

 आगामी भदौ महिनामा प्रदर्शन हुने चलचित्र 'माई प्रमिस' को गीत पि्रमियर गरिएको छ। सुरज सुब्बाद्वारा निर्देशित यो चलचित्रको हालै सार्वजनिक गरिएको गीतमा राजेशपायल राई तथा रजिना रिमालको पाश्र्व गायन छ। उक्त गीतमा नायिका केकी अधिकारी, नर लिम्बु तथा रमेश राईले नृत्य गरेका छन्। यो चलचित्रमा विल्सनविक्रम राई, अनुराग मान सिंह कुवँर, आकाश खवास, मार्टिन खान आदिले अभिनय गरेका छन्।

 टुल्केको खोजी

 निर्देशक निश्चल बस्नेत यतिबेला रोमान्टिक कमेडी चलचित्र निर्देशनको तयारीमा छन्। अहिले उनी 'टलकजङ भर्सेस टुल्के' मा सक्रिय छन्। 'निर्माता मोहन डोटेलले निर्माण गर्ने यो डार्क कमेडी चलचित्रको छायांकन आगामी भदौमा प्रारम्भ हुँदैछ। चलचित्रमा टुल्केको भूमिका निर्वाह गर्ने कलाकारको खोजी भैरहेको छ।

 काठमाडौंमा बर्मेली चलचित्रकर्मी

 दुई बर्मेली चलचित्रकर्मी पाँच दिने नेपाल भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका छन्। अघिल्लो साता काठमाडौं आएका ती चलचित्रकर्मीहरू काठमाडौंलगायत लुम्बिनी तथा पोखराको भ्रमण गरी गत शनिबार बर्मा फर्किएका हुन्। बर्मेली चलचित्रकर्मीलाई स्वागत गर्न काठमाडौंमा अन्तरक्रिया कार्यक्रम पनि आयोजित गरिएको थियो जसमा म्यानमार मोसन पिक्चर्स इन्टरप्राइजेजका निर्देशक थेनले बर्मामा नेपाली चलचित्रको बजार राम्रो रहे पनि बजार व्यवस्थान आफैं गर्नुपर्ने सुझाब दिएका थिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger