Widgets

Home » » टर्कीमा अपहरणमा परेका नेपाली उद्वार लगत्तै प्रहरी हिरासतमा

टर्कीमा अपहरणमा परेका नेपाली उद्वार लगत्तै प्रहरी हिरासतमा

Written By sangalo on Friday, June 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


१५ असार, काठमाण्डौं । अन्तर्राष्ट्रिय आपराधिक समूहले टर्कीमा अपहरणपछि बन्धक बनाइएका नौ नेपाली नागरिकलाई नेपाल प्रहरीको पहलमा टर्की प्रहरीले अपहरणमुक्त गरी आङ्खनो नियन्त्रणमा लिएको छ । जेठ महिनामा युरोप र अमेरिका लैजाने भन्दै टर्की पुर्याइएका ती नेपाली नागरिकलाई अपहरण गरी नेपालस्थित आफन्तलाई मोटो रकम फिरौती मागेपछि नेपाल प्रहरीले त्यसको जानकारी टर्की प्रहरीलाई गराएको थियो । इस्तानवबुलस्थित प्रहरीले तत्काल (१० जेठमा) उद्धार गरी उनीहरूलाई आङ्खनो नियन्त्रणमा लिएको हो । विभिन्न म्यानपावर कम्पनीमार्फत संयुक्त अरब इमिरेट्स (यूएई) लेबनान, कतारलगायतका मुलुकमा पुगेका ती नेपाली नागरिकलाई युरोप, अमेरिकामा ‘वर्क परमिट’ दिलाइदिने भन्दै अपहरणकारीले टर्कीको इस्तानबुलस्थित एउटा अपार्टमेन्टमा लगेर बन्धक बनाएका थिए । सो जानकारी पाएपछि नेपाल प्रहरीले तत्काल बन्धकमुक्त गराउने पहल थालेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले जानकारीको राजधानी दैनिकमा खबर छ । अपहरणपछि बन्धक बनाइएका ती नेपालीका आफन्तलाई अपहरणकारीले फोन गरेर मोटो रकम मागेपछि नेपाल प्रहरीले अपहरणमा परेका नेपालीलाई मुक्त गराउन इन्टरपोल शाखामार्फत टर्की प्रहरीलाई आग्रह गरेको थियो । नेपाल प्रहरीले इन्टरपोललाई समेत जानकारी गराई अपहरणमा परेका आङ्खना देशका नागरिकलाई सकुशल मुक्त गराउन आग्रह गरेपछि टर्की प्रहरीले उनीहरूलाई बन्धक बनाएर राखेको अपार्टमेन्टमा छापा मारी अपहरणमुक्त गराएको प्रहरी प्रवक्ता सिलवालले जानकारी दिए । सो अपहरणमा नेपालीको समेत संलग्नता रहेको पाइएकाले उनीहरूको खोजी भइरहेको जनाउँदै प्रहरी प्रवक्ता सिलवालले नेपालीसँगै बन्धक बनाइएका १० बंगलादेशी नागरिकलाई समेत मुक्त गरिएको जानकारी दिए । अपहरणमुक्त हुने नेपालीहरूमा तिलक पुन, कुसाङ तामाङ, चक्रबहादुर तामाङ, तुलबहादुर घर्तीमगर, चित्रबहादुर पुन, सुरेश गुरुङ, झपेन्द्रकुमार खड्का मेघबहादुर छन्त्याल र वीरबहादुर पुन छन् । अपहरणमा नेपाली, बंगलादेशी र टर्कीका नागरिकको संलग्नता रहेको भए पनि उनीहरू सबैको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । ‘हामीलाई आएको सूचनामा नेपाली नागरिकले पनि अपहरणमा सहयोग गरेका छन्,’ प्रहरी प्रवक्ता सिलवाले भने । अपहरणकारीको सो समूहले सबै नेपाली नागरिकलाई दुबई, साउदी अरब, ओमान, इरान हुँदै टर्की पुर्याई बन्धक बनाएका हुन् । बन्धक बनाइएका परिवारसँग अपहरणकारी समूहले मोटो रकम मागेको जानकारी नेपाल प्रहरीले पाएपछि उनीहरूको रिहाइका लागि पहल गरेको प्रवक्ता सिलवालले जानकारी दिए । अपहरणकारीको पन्जाबाट मुक्त भएका नेपालीसहित बंगलादेशी नागरिकलाई टर्की प्रहरीले पक्राउ गरी राखेको छ । टर्की प्रहरीले उनीहरूलाई अवैध रूपमा टर्की प्रवेश गरेको भन्दै कारबाही अगाडि बढाएको बताइएको छ । यता, उनीहरूलाई स्वदेश फर्काउन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल सुरु गरेको छ । उनीहरू केही समयपछि नेपाल फर्कने जानकारी दिँदै प्रवक्ता सिलवालले अपहरणमा संलग्न नेपालीहरूको खोजी भइरहेको जानकारी दिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger