Widgets

Home » » नेकपा-माओवादीले चुनाव रोक्न सेनापति गुहार्ने

नेकपा-माओवादीले चुनाव रोक्न सेनापति गुहार्ने

Written By sangalo on Friday, June 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

cpn-maoist

१५ असार, काठमाण्डौं । नेकपा-माओवादीले आगामी मंसिर ४ का लागि निर्धारित संविधानसभा चुनाव रोक्न सैनिक नेतृत्व गुहार्ने भएको छ । उक्त पार्टीका बरिष्ठ नेताले सरकार र चार राजनीतिक शक्तिले जबरजस्ती चुनाव गराउन खोजेकाले त्यसलाई रोक्न पार्टीले प्रधानसेनापति गौरवशमशेर राणासँग सिधै वार्ता गर्ने बताएका छन् । शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा पार्टीका उपाध्यक्ष सिपी गजुरेलले भने, ‘खिलराज सरकार र चार शक्तिले जबरजस्ती चुनाव गराउन लागेकाले मुलुकलाई फेरि द्वन्द्वमा जानबाट रोक्न हामी सेनापतिसँग वार्ता गर्नेछौं ।’ चुनावको विपक्षमा रहेको एउटा मुख्य राजनीतिक शक्तिले निर्वाचन रोक्न सैनिक नेतृत्वसँग वार्ता गर्ने भनी दिएको अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा लिएको शनिबार प्रकाशित अन्नपूर्ण पोष्टमा खबर छ । चुनाव रोक्न सेना गुहार्ने भनी राजनीतिक पार्टीले औपचारिक अभिव्यक्ति दिएको यो नै पहिलो घटना हो । माओवादीले खिलराज नेतृत्वको सरकार र चार राजनीतिक शक्तिसँग वार्ता नगर्ने अडान राख्दै आएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger