Widgets

Home » » साग स्वर्णधारी आङबाबुलाई स्वर्ण

साग स्वर्णधारी आङबाबुलाई स्वर्ण

Written By sangalo on Saturday, June 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१५ असार, काठमाण्डौ । एघारौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी आङबाबु लामाले नवौं राष्ट्रिय उसु प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । सिन्धुपाल्चोकका उनले थाउलुतर्फ पुरुषको थाइचीमा सबै प्रतिद्वन्द्वी भन्दा सर्वाधिक ९.६५ अंक जोड्दै स्वर्ण जितेका हुन् । ८.८० अंकमा मकवानपुरका हरिप्रसाद गोले दोश्रो तथा ७.६० अंकमा नवलपरासीका ध्रुवराज न्यौपाने तेश्रो भए ।1
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको थाउलुतर्फ पुरुष नान छ्वानमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका सनी श्रेष्ठ पहिलो भए । उनले ८.७५ अंक प्राप्त गरे । काठमाडौंका विशाल थापा सिन्जाली (८.७०) दोश्रो र रुपन्देहीका सोमबहादुर मोक्तान (८.४५) तेश्रो भए । त्यसै स्पर्धाको महिलामा ८ अंक हासिल गर्दै काठमाडौंकी विद्या महर्जनले स्वर्ण जितिन् । कैलालीकी मनीषा राउत (७.१०) ले रजत र ललितपुरकी बन्दना कर्माचार्य (५.९०) ले कांस्य हात पारे ।
नेपाल उसु संघद्वारा आयोजित प्रतियोगिताको थाउलुतर्फ नै पुरुष छानछवान्मा ललितपुरका निराजन आले मगर पहिलो भए । उनले ९.०५ अंक जोडे । काठमाडौंका विजय सिन्जाली (८.८०) दोश्रो र दोलखाका रिन्जि शेर्पा (८.४५) तेश्रो भए । सोही स्पर्धाको महिलामा भक्तपुरकी सुस्मिता तामाङ शीर्ष स्थानमा रहिन् । सुस्मिताले ८.९५ अंक बटुलिन् । काठमाडौंकी ओसिन राई (७.४०) दोश्रो र नुवाकोटकी मिना घलान (७.२०) तेश्रो स्थानमा रहे । सान्सौंको पुरुष ४८ केजीमा उदयपुरका अशोक खालिङ र कैलालीका टेक श्रीमलले सेमिफाइनलमा प्रवेश गर्दै कम्तीमा कांस्य पदक पक्का गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger