भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१४ असार, काठमाडौं । अमेरिकाको फिलेडेल्फियामा एक डाक्टरलाई एकै पटक तीन जन्मकैदको सजाय सुनाइएको छ । तीन नजवात बच्चाको हत्याको आरोप प्रमाणित भएपछि उनलाई यो सजाय सुनाइएको हो ।
डा. केर्निट गोस्नेलले पश्चिमी फिलेडेल्फियामा रहेको आफ्नो क्लिनिकमा ३१ वर्षमा १६ हजार गर्भपतन गराएका थिए । उनीमाथि असुरक्षित र खतरानाक तरिकाले गर्भपतन गरेको र अप्रशिक्षित कर्मचारी राखेको आरोप प्रमाणित भएको छ । अमेरिकाको स्वास्थ्य विभागमाथि पनि गोस्नेलले क्लिनिकलाई बेस्ता नगरेको आरोप लागेको छ । डा. केर्मिट गोस्नल कुनै समय आफ्नो समूदायको आदर्श व्यक्तिका रुपमा थिए ।
बीबीसीका अनुसार अमेरिकाको सबैभन्दा गरीब बढी रहेको शहरमा एक पश्चिम फिलेडेल्फियामा गोस्नेलको जन्म एक प्रमुख अफि्रकी अमेरिकी परिवारमा भएको थियो । उनले सहरको सबैभन्दा राम्रो हाइस्कुलमा शिक्षा लिए भने स्थानीय टोमस जेफरसन विश्वविद्यालयमा मेडिसिन अध्ययन गरेका थिए ।
उनले १९७९ मा आफ्नो पूरानो घर नजिकै क्लिनिक खोलेका थिए । उनले हरेक वर्ष करोडौं कमाउने गरेका छन् । अमेरिकामा १९७३ बाट गर्भपतनले कानूनी मान्यता पाएको थियो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.