Widgets

Home » » प्रिया सुब्बा हिन्दीमा

प्रिया सुब्बा हिन्दीमा

Written By sangalo on Saturday, June 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

नेपाली वा नेपाली भाषी कलाकारका लागि मुम्बईमा जम्नु भनेको फलामको चिउरा जस्तै हो। सालबारी (दार्जीलिङ) की प्रिया सुब्बा (२७) ले भने यो चिउरालाई राम्रैसँग पचाएर धेरैका लागि प्रेरणा बनेकी छन्। आठवर्षे संघर्षको फल चाख्दै गरेकी प्रिया भन्छिन्, “मुम्बईमा टिकेर खानसकेकोमा गर्व गर्छु।”
प्रतिभा र मिहिनेतको बलमा हिन्दी टेलिभिजनका धेरैवटा सिरियलमा देखिएकी उनी अहिले हरेक साँझ साढे आठ बजे जीटीभीबाट प्रसारण हुने लोकप्रिय धारावाहिक हिटलर दिदी मा मेहरको भूमिकामा देखिन्छिन्। उनले स्टार वान र 'चन्द्रकान्ताकी कहानी' मा गरेको अभिनय सम्झानायोग्य रह्यो।
बाबु सुशील सुब्बाको व्यवसायका कारण मेघालयमा विद्यार्थी जीवन बिताएकी उनले स्कूलदेखि नै अभिनय थालेकी हुन्। पढाइले इन्टेरियर डिजाइनर प्रियालाई अभिनयप्रतिको लगावले नै सपना र संघर्षको महानगर मुम्बई पुर्‍यायो। शुरूमा गान्तोकमा उद्घोषण अनुभव लिएकी उनी हिन्दी धारावाहिकको अडिसनमा छनोट भएर दिल्लीहुँदै मुम्बई पुगिन्।
मंगलसूत्र, हारा हुआ आदमी, बाह्र साल बाद जस्ता धारावाहिकमा अभिनय गरेकी प्रिया चलचित्र 'तुझ्ाको पुकारे' मा सहनायिका बनिन्। दूरदर्शन वान (डीडी वान)बाट प्रसारण भएको ५०० श्रृंखलाको 'जिन्दगी एक सफर' श्रृंखलामा उनको नेगेटिभ भूमिका थियो– जीनाको रूपमा। डीडी वानबाटै प्रसारित धारावाहिक 'कमेडी नम्बर वान' मा पनि उनले काम गरिन्।
कृष्ण द पावर वुमेन, ल्याटर डे नाइट लगायतका बलिउड फिल्महरूमा काम गरेकी प्रियाले तेलगु फिल्ममा पनि खेलेकी छन्। उनी नायिका भएको भोजपुरी फिल्म प्यार के रंग हजार रिलिजको तयारीमा छ। नृत्यका लागि दुबई, सिंगापुर, थाइल्याण्ड आदि मुलुक पुगेकी प्रिया भन्छिन्, “नेपाली चलचित्रको धोको भने पूरा भएको छैन।”
सञ्जय प्रधान, सिक्किम

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger