Widgets

Home » » चिठ्ठा पर्‍यो ? घरबार जाला

चिठ्ठा पर्‍यो ? घरबार जाला

Written By sangalo on Saturday, June 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
तपाईंलाई यति लाख डलर वा पाउन्डको चिठ्ठा पर्‍यो , बधाइ छ भन्दै कसैले इमेल वा एसएमएस सन्देश पठायो भने कस्तो लाग्छ ? भनिरहनु नपर्ला खुशीले उफ्रनु हुनेछ तर पर्खनुस् है, धेरै हौसिने काम छैन किनभने यसरी गृहसचिव नविन घिमिरेदेखि सर्वसाधारणसम्मलाई फसाएर नेपालमा नै बसिबसी अतिरिक्त आम्दानी गर्न खोज्ने विदेशीहरु दसी प्रमाणसहित समातिन थालेका छन् । नेपाल प्रहरीको सई दर्जामा कार्यरत स्टाफ नर्ससँग घरजम बसाएर सोझा नेपालीलाई मूर्ख बनाउँदै आएका नाइजेरियन फेमी इम्यानुएल अहिले हिरासतको हावा खाँदैछन् । उनले राजु श्रेष्ठको मोबाइलमा चैत २६ गते ‘तिमीलाई दुई मिलियन डलरको चिठ्ठा पर्‍यो, बधाइ छ’ भनी सन्देश पठाएका थिए । नसोचेको पैसा हात लाग्ने खबरले राजु पुलकित हुनु स्वभाविकै हो । उनले हौसिँदै जवाफ फर्काए । ‘मुर्गा जालमा फस्यो’ भन्ठानेर रमाएको नाइजेरियन झन् उत्साहित बन्यो । उसले तिम्रो पैसा पठाउन प्रोसेसिङ चार्ज लाग्छ भन्दै विभिन्न बैंकको खाता नम्बरमा २३ लाख ६७ हजार पैसा हाल्न भन्यो । ‘पल्केको झिल्के घरिघरि मिल्के’ भनेझैँ थप पैसा माग्ने तर चिठ्ठाबापतको पैसा दिने सुरसारचाहिँ नदेखाएपछि राजु सशंकित भए । प्रहरीकोमा रिपोर्ट पुग्यो । सोहीबमोजिम केदार खत्री पक्राउ परे । खत्रीको गिरफ्तारीपछि बल्ल नेपाली ठग्ने ग्याङको पर्दाफास भयो । उनले फेमीलाई १४ लाख बुझाइसकेका रहेछन् । ३५ वर्ष उमेरका नाइजेरियन अहिले साइबर कानुनअन्तर्गत अनुसन्धानका निम्ति हिरासतमा छन् । यिनीहरुले अरु नेपालीलाई समेत पुरस्कारको राशि लिने भए सेवा शुल्क यति हजार डलर लिएर आऊ भनी नाइजेरियासम्म नै बोलाएर लुट्ने गरेको समेत पाइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger