Widgets

Home » » 'विस्तारै दाहालले पनि छाड्नु हुन्छ' (अन्तर्वार्ता)

'विस्तारै दाहालले पनि छाड्नु हुन्छ' (अन्तर्वार्ता)

Written By sangalo on Saturday, June 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Baburam

काठमाडौ, असार १६ - तपाईंले किन उपाध्यक्ष पद त्याग गर्नुभएको ? हामीले नयाँ उत्तराधिकारी निर्माण गर्ने नयाँ संश्लेषण गरेका छौं । कम्युनिस्ट पार्टीमा आजीवन पद ओगट्नु ठीक होइन भनेर मैले पहिलेदेखि नै भन्दै आएको छु । म हालसालै ६० वर्ष पनि पुगें । त्यसकारण स्वैच्छिक रूपमा पद त्याग गरेको हुँ । पद त्यागे पनि निरन्तर पार्टी र क्रान्तिमा योगदान गर्ने छु । मैले पार्टीबाट राजीनामा गरेको होइन, पद मात्र त्यागेको हुँ । विवाद भएर पद त्याग गर्नुभएको होइन ? मैले सकारात्मक ढंग (पोजेटिभ टोन) बाट पद त्याग गरेको हो । यसमा कुनै विवाद छैन । पार्टीको औपचारिक पदमा नरहेर पनि काम गर्न सकिन्छ भन्ने संस्कार बसाल्न खोजेको हुँ । त्यसैले लिखित रूपमै पद त्यागको जानकारी गराएको छु । एमाओवादीमा पदबारे चर्को विवाद भइरहेका बेला त्याग गर्दा असन्तुष्ट भएको पुष्टि हुँदैन ? मैले नेतृत्वका बीचमा विवाद भएर पद छाडेको होइन । हामीले केन्द्रीय समितिमा सर्वसम्मत रूपमा सांगठनिक प्रस्ताव राखेका हौं । त्यसमा छलफल जारी छ । हामी पुराना नेताले ठाउँ छाडेपछि नयाँका लागि ठाउँ बन्छ । अहिले मैले छाडें, विस्तारै अध्यक्ष (दाहाल) ले पनि छाड्ने नीति हाम्रो छ । मैले कसैप्रति लक्षित गरी पद छाडेको होइन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger