भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चिरन शर्मा, बेलायत - बेलायतबाट सञ्चालित अनलाइन पत्रिका नेपालब्रिटेन डट कमले आफ्नो सातौं बाषिर्क उत्सवको अवसर परेर बेलायतका चर्चित दस नेपाली व्यक्तित्वको घोषणा गर्ने भएको छ ।
त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेका अनलाइनले जनाएको छ । अनलाइन पत्रिकाले हरेक बर्ष अगष्ट महिनाको पहिलो साता उक्त घोषणा गर्दछ । गत बर्ष गरिको घोषणा लोकप्रिय भएको अनलाइनका निर्देशक चिरञ्जीवी ढकालले बताए ।
बेलायतमा बिभिन्न पेशा र संघसंस्थामा लागेर उत्कृष्ट योदान गरेका व्यक्तित्व सम्मानका भागिदार बन्ने ढकालले बताए ।
विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी, सर्वसाधारणबाट प्राप्त सुझावलगायतको मापदण्ड बनाएर ब्यक्तित्व चयन हुने निर्देशक ढकालले जानकारी दिए ।
बर्ष ब्यक्तिलाई मिडिया प्रशनालिटी अफदि इयर २०१३ ले सम्मान गरिने छ । गत बर्ष मिस नेपाल, सृष्टि श्रेष्ठ, मेजर रिटायर्ड, डम्बर घले, बेलायतका लागि नेपाली राजदूत डा. सुरेशराज चालिसे, अधिकारकर्मी ज्ञानराज राई, सोलिसिटर राजु थापा, गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, गायक विवेक श्रेष्ठ, तमुधी युकेका अध्यक्ष हुन मुच्छेत्र गुरुङ, समाजसेवी शान्ति गुरुङ र व्यवसायी नरेन्द्र कडेल चर्चित दस व्यक्तित्वमा पर्न सफल भएका थिए ।
दस व्यक्तित्वको चयन गर्न नेपाल नेपालब्रिटेन डट कमको सम्पादकीय मण्डल र बेलायतका विभिन्न नेपाली सञ्चार माध्यममा कार्यरत पत्रकारको समूहले सहयोग गर्ने बताएको छ ।
चयनको मुख्य आधार बेलायतमा प्रकाशित पत्रपत्रिका, अनलाइन मिडिया, टेलिभिजन र इमेलबाट प्राप्त सुझावलाई आधार बनाइने निर्देशक ढकालले बताए ।
आफुले चाहेको ब्यतित्वलाई मनोनय गर्न चाहेमा चर्चित हुनुको कारण सहित निम्न ठेगानामा लेखेर पठाउन अनलाइनले आब्हान गरेको छ ।
बेलायतमा चर्चित दस नेपाली खोजी गरिने
Written By sangalo on Friday, June 28, 2013
भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्
Labels:
mix mass,
मिक्स माक्स
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.