Widgets

Home » » मिनिस्कर्ट लगाउँदै डिस्कोमा रिमाको आइटम

मिनिस्कर्ट लगाउँदै डिस्कोमा रिमाको आइटम

Written By sangalo on Sunday, June 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मोडल तथा नायिका रिमा विश्वकर्मा चलचित्रको पर्दामा अब आइटम नृत्य गर्दै गरेको अवस्थामा देखिनेछिन् । छायांकनको क्रममा रहेको चलचित्र ‘राहादानी’मा समावेश ‘गुन्यूचोली लाउँदिन म मिनीस्कर्ट लाए, रोधी घर जादिन म डिस्को क्लब धाएँ’ बोलको गीतमा रिमाले आइटम नृत्य गरेकी हुन् ।सुरुवातमा अर्की नायिका दिया मास्केलाई निर्माणपक्षले पक्का गरेपनि छायांकन हुनुभन्दा दुई दिन अघि मात्र उनले व्यस्तताका कारण आइटम गीतमा नृत्य गर्न नसक्ने भनेपछि रिमा अनुवन्धित भएकी हुन् । लक्ष्मीप्रसाद ढकालको निर्माणमा तयार भएको यो चलचित्रलाई डब्बु क्षेत्रीले निर्देशन गरेका हुन् । चलचित्रको छायांकन ९० प्रतिशत सकिएको र १० प्रतिशत मलेसियामा गर्ने बताइएको छ ।रिमाले गीत राम्रो र सन्देश मुलक भएकाले आफूले पहिलो पटक आइटम नृत्य गरेको बताइन् । राजु शाहको नृत्य निर्देशनमा यो गीतको छायांकन सोमबारसम्म चल्नेछ । डब्बु क्षेत्रीको शब्दमा चेतन सापकोटाले संगीत भरेको गीतमा दुर्गा खरेलले आवाज भरेकी छिन् । चलचित्रमा दयाहाङ राइ, रुपा खनाल, विनिता घिमिरे, अशोक रिजाल, श्रृजना सुब्बा, नविन लम्साल, मोनिका दाहाल, दिनेश दुलालको मुख्य भूमिका छ । चलचित्रलाई रामशरण उप्रेतीले खिचेका हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger