भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
म्बई, जेष्ठ ४ - सन् १९९३ को मुम्बई हमलाको बेलामा अवैध हतियार राखको आरोपमा अदालतको सजाय काट्न सुरु गरेका सञ्जय दत्त पहिलो दिनमै आत्तिएका छन् । उनलाई मुम्बईको कडा सुरक्षा भएको आर्थर रोड जेलमा राखिएको छ । दत्त यो जेलको अण्डा सेलमा छन् । जहाँ बिशेषत खुंखार अपराधीलाई राख्ने गरिन्छ । सञ्जयका वकिकले हिजै टाडा अदालतमा पुगेर उनी आतंकवादी नभएकाले यस्तो ठाउामा नराख्न अनुरोक गरिसकेका छन् । अवैध हतियार राखेको आरोपमा उनले यसअघि पटक पटक गरी करिब १८ महिना सजाय भुक्तान गरिसकेकाले अब उनले जेलमा साढे तीन बर्ष बिताउानुपर्ने हुन्छ । दत्तलाई भारतको बिशेष टाडा अदालतले ५ बर्षको कैद फैसला सुनाएको थियो । अण्डा सेलमा कम हावाको वहाव हुने भएका कारण दत्तलार्य सास फेर्नसमेत गाह्रो भएको वकिलको भनाई छ । सुरक्षाका कारण अन्य बन्दीसँग राख्न नमिल्ने गम्भीर प्रकृतिका अपराधीलाई यो सेलमा राख्ने गरिन्छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.