भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अहिले गर्मीको मौसम छ । गर्मीको मौसममा विभिन्न खालका स्वास्थ्य समस्या झेल्नुपर्छ । यो समयमा रोग सार्ने किटाणुहरु पनि सक्रिय हुन्छन् । साथै गर्मीमा डिहाइड्रेसन, छालाको रोग जस्ता विभिन्न खालका समस्या पनि भोग्नुपर्छ ।
गर्मी महिनामा सरीरलाई शितल पार्न विभिन्न उपाय अपनाइन्छ । पंखा लगाएर होस् वा एयर कण्डिसनर । तर केही त्यस्तो घरेलु टिप्स छन् जसले तपाइँलाई सजिलै शितलता प्रदान गर्छ, साथै गर्मीमा हुने विभिन्न खालका स्वास्थ्य समस्याबाट बँच्न पनि सहयोग गर्छ ।
- सफा चिसो पानीले छालालाई ताजा तथा स्वस्थ राख्न मद्दत गर्छ । यदि तपाइँले कामको थकान महसुस गर्नुभएको छ र दौडधुप गरेर आउनुभएको छ भने अनुहार चिसो पानीले धुनुहोस् । त्यसले तपाइँलाई शितलता प्रदान गर्ने मात्र होइन किटाणु तथा धुलोका कणलाई पनि पखाल्छ ।
- चन्दनको लेप, तुलसीको पातको लेदो तथा गुलाव जस्ता प्राकृतिक वस्तु अनुहारमा लगाउनाले शितल हुन्छ ।
- अनुहारमा घमौरा आएको छ भने तुलसी र निमको पात पिँधेर लेदो बनाएर लगाउनुहोस् । गुलाबको फूलका पत्तीलाई पानीमा मिलाएर उक्त पानीले अनुहार धुनुहोस् । त्यसले छालालाई मुलायम बनाउँछ ।
- हरियो धनियाको पातलाई केहीबेर पानीमा भिजाउनुहोस् अनि मज्जाले पानीमै पिँध्नुहोस् । त्यसपछि त्यसलाई छान्नुहोस् र छानेर आएको पानीमा केही चिनी मिलाएर पिउनुहोस् । यसले गर्मीबाट राहत मिल्छ ।
- गर्मीमा भिटामिन ए युक्त फलफूल, हरियो सागपात तथा भिटामिन सी युक्त अमिला फलफूल सेवन गर्नुहोस् ।
- नरिवलको पानी प्रसस्त मात्रामा पिउनु गर्मीको महिनामा निकै लाभदायी मानिन्छ ।
- कागतीको रस र चिनी शुद्ध पानीमा मिलाएर खाँदा सरीरमा उर्जा प्राप्त हुने मात्र होइन शितलता पनि प्राप्त हुन्छ । साथै गर्मी याममा पुदिनाको अचार खानु निकै हितकर मानिन्छ ।
- गर्मी याममा सरीरबाट धेरै पसिना आउने भएकाले दिनहुँ सरीर नुहाउनुपर्छ । नत्र दुर्गन्ध तथा इन्फेक्सनको डर हुन्छ ।
- पचाउन गाह्रो पर्ने तथा सरीरमा गर्मी पैदा गर्ने खानेकुरा नखानु नै बेस हुन्छ ।
- चर्को घाम लागेको बेला बाहिर धेरैबेर नहिँड्नु बेस हुन्छ । हिड्दै परे छाता ओढ्नु तथा टाउको छोप्ने रुमाल, टोपी, पछौरी जस्ता कपडा लगाउनु राम्रो हुन्छ ।
- गर्मीमा डिहाइड्रेसनको जोखिम बढि हुने भएकाले प्रसस्त पानी र अन्य तरल पदार्थ खानुपर्छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.