भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
र्मन मोडल क्लाउडिया सिफर यतिबेला भारतमा रमाइरहेकी छिन्। भारतीय परिकार मात्र होइन, उनी भारतीय पहिरनमा समेत रमाउन थालेकी छिन्। उनी हिन्दी भाषा पनि सिकिरहेकी छिन्। बलिउडमा डेब्यू गर्न जर्मनबाट मुम्बई आएकी क्लाउडिया भारतको रंगमा यसरी रंगिएकी छिन् कि उनले भारतीय शैलीको रहनसहनसमेत प्रारम्भ गरिसकेकी छिन्। जर्मनमै छँदा आफूलाई भारतीय परिकारको पारखी बताइसकेकी क्लाउडियाले सलवार-कुर्ता मन पर्ने पहिरन भएको उल्लेख गरेकी छिन्। पछिल्लो समय उनले निधारमा टीकासमेत लगाउन थालेकी छिन्। उनलाई अंग्रेजीभन्दा हिन्दी गीत बढी सुन्न मन लाग्छ। अघिल्लो वर्ष अक्षय कुमारको चलचित्र 'खिलाडी ७८६' को 'बलमा...' गीतमा नृत्य गरेकी क्लाउडियालाई अब एउटा राम्रो चलचित्रको पर्खाइ छ। उनलाई डेब्यू गर्न भने कुनै पनि निर्माता-निर्देश्ाक अघि सरेका छैनन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.