Widgets

Home » » कम्पनीहरूबीच स्मार्टवाच युद्ध

कम्पनीहरूबीच स्मार्टवाच युद्ध

Written By sangalo on Monday, May 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


विश्वविख्यात सफ्टवेयर निर्माता कम्पनी माइक्रोसपmटले सरफेस ट्याबलेटको सफलतापछि हातमा लगाउन मिल्ने इलेक्ट्रोनिक घडी 'स्मार्टवाच' को निर्माण गरेको छ। एफएम सिग्नलमा आधारित उक्त घडी डेढ इन्चको हुने माइक्रोसपmटले जनाएको छ। स्मार्टवाच विकास गर्ने प्रयास सन् २००४ देखि नै गर्दै आएको माइक्रोसपmटले एसियाली बजारलाई लक्षित गरी स्मार्टवाचको डिजाइन गरिएको कुरा पनि बताएको छ। एउटा स्वतन्त्र बजार पर्यवेक्षक संस्थाका अनुसार हातमा लगाउने स्मार्टवाचका लागि एसियामा ७ अर्ब पाउन्ड बराबरको बजार छ। यति ठूलो बजारमा कसको हातमा कति हिस्सा पर्नेछ भन्ने अनुमान गर्न गाह्रो छ, तर अहिले नै एप्पल, सामसुङ, गुगल, माइक्रोसपmटजस्ता कम्पनीहरू स्मार्टवाचको प्रतिस्पर्धामा हाम फालिसकेका छन्। यही बजारलाई मध्यनजर गर्दै इन्टरनेट सर्च इन्जिन कम्पनी गुगलले पनि आँखामा लगाउन मिल्ने स्मार्ट ग्लासजस्तै स्मार्टवाचको निर्माण गरिरहेछ। गुगलले ल्याउन लागेको स्मार्टवाच एन्ड्रोइड सिस्टमबाट चल्नेछ भने उसको प्रतिस्पर्धा एप्पलको आइवाचसँग हुने बताइन्छ। माइक्रोसपmटले ३७ वर्षको आफ्नो इतिहासमा स्मार्टवाच एउटा ठूलो र महत्त्वपूर्ण उपलब्धि भएको बताएको छ। अर्कातिर स्मार्टफोन बजारमा एप्पलको व्यापारको ठूलो हिस्सा खोस्न सफल सामसुङले एप्पलको आइवाचलाई चुनौती दिने भएको छ। त्यसका लागि सामसुङले नाडीमा लगाउने घडीजस्तै स्मार्ट प्रविधियुक्त डिजिटल घडी तयार गर्ने भएको छ। एप्पलले यसअघि नै नाडीमा लगाउने घडीजस्तो आकार-प्रकारको 'आईवाच' नामको स्मार्ट उपकरण विकास गर्न इन्जिनियरहरूको एक टोली नै खटाएको थियो। हातमा लगाउन मिल्ने यस्ता स्मार्टवाचले मानिसलाई थप स्मार्ट बनाउने कुरामा कुनै शंका छैन। स्मार्टवाचले समयको जानकारी दिने सामान्य नाडी घडीलाई विस्थापित नगरे पनि त्यसको व्यापार स्वात्तै घटाउने अनुमान गर्न सकिन्छ। यस्ता घडीले नेपाली बजारलाई पनि तताउने पक्का छ। स्मार्ट घडीका विशेषता ः स्मार्टप्रविधिमा आधारित स्मार्टवाचका विशेषताहरू नयाँ हुने सहजै अनुमान लगाउन सकिन्छ। जस्तो कि माइक्रोसपmटको स्मार्टवाच एफएम सिग्नलको मद्दतबाट टेक्स्ट म्यासेज पठाउने तथा टि्वटर, फेसबुकजस्ता सामाजिक संजालको पेजमा आउन लागेका तस्बिर, इमेल म्यासेजका बारेमा युजरलाई जानकारी गराउनेछ। यो स्मार्टवाचमा समय, महत्वपूर्ण सूचना तथा समाचार हेर्न मिल्नेछ भने मोबाइलमा आउने फोन, इमेल म्यासेजका अतिरिक्त व्यक्तिलाई कतिपय घटनाका बारेमा एलर्ट गराउने सुविधा पनि रहनेछ। 'स्पोट' नाम दिइएको यो स्मार्टवाच टच सिस्टममा आधारित हुनेछ। एप्पलले विकास गर्न लागेको आईवाचमा समय सूचनाका साथै फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालमार्फत व्यक्तिको इन्टरनेट ठेगानामा आउने सबै इमेल म्यासेज तथा तस्बिर पनि हेर्न सकिनेछ। एप्पलको आईवाच आइओएस अपरेटिङ सिस्टमबाट चल्नेछ। एप्पलले अर्को हार्डवेयर उत्पादक कम्पनी फक्सटनसँग मिलेर आईवाच निर्माण गर्नेछ। आईवाचको ठूलो विशेषता के हो भने यो घडी हातबाट ननिकाली वायरलेस प्रविधिको सहायताले चार्ज गर्न सकिन्छ। त्यस्तै यो घडी आईफोनसँग आफै सिन्क्रोनाइज हुन्छ, जसले गर्दा आइफोनमा आउने फोन कल तथा इमेल सूचनाहरू सजिलै हेर्न सकिन्छ। त्यति मात्र होइन यो स्मार्टवाचले मौसम, यात्रा एवं सुरक्षाका बारेमा 'एलर्ट' म्यासेजमार्फत जानकारी गराउनेछ। यसका अतिरिक्त क्यालेन्डर, हेल्थ एपको सहायताले मुटुको धड्कन, रक्तचापको स्थिति, हिँड्दा वा दौडँदा शरीरको क्यालोरी खर्च भयो, कति किलोमिटरको दूरी तय गरियो जस्ता जानकारी पनि प्राप्त गर्न सकिनेछ। यसमा भएकँे ब्लुटुथमार्फत घरका इलेक्ट्रोनिक ग्याजेटहरूलाई पनि नियन्त्रण एवं सञ्चालन गर्न सकिनेछ। यस्तो स्मार्टवाचमा एमपी थ्री सुन्ने र फोन गर्नेसम्मको सुविधा रहनेछ। स्मार्टवाच बजारमा एप्पल र सामसुङमात्र नभै सोनी, गुगल, माइक्रोसपmटजस्ता 'जाइन्ट' कम्पनीहरूले पनि आ-आपmनै विशेषताले भरिएको उत्पादन उतार्ने भएका छन्। एप्पलले छैटौं पुस्ताको आइपोडलाई नै स्मार्ट घडीमा रूपान्तरण गरेको बताइन्छ। यसैगरी लुनाटिक, नाइक, पेब्बल आदि कम्पनी पनि स्मार्टवाचको विकासमा जुटेका छन्। ती कम्पनीहरूले ल्याउन लागेको स्मार्टवाचको मूल्य १ सय ५० डलरभन्दा माथि पर्ने अनुमान गरिन्छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger