Widgets

Home » » जोडी भेटाइदिने ट्रेन

जोडी भेटाइदिने ट्रेन

Written By sangalo on Friday, May 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Train

एउटा निश्चित उमेर पार गरेपछि जीवनसाथी भेट्न गाह्रो हुन्छ । त्यसमाथि कलेज जान छाडेपछि, एउटा निश्चित कार्यालयमा काम गरेपछि नयाँ मानिसहरूसँग भेट्न र सम्बन्ध गाँस्न कठिन हुन्छ । संसारका सबै ठाउँका मानिसको यो साझा समस्या हो । तर, पूर्वी युरोपेली देश चेकको राजधानी प्रागको रेल कम्पनीले भने एक्ला भएकाहरूलाई जोडी भेटाइदिने काम सुरु गर्ने भएको छ । नगरपालिकाअन्तर्गतको यातायात कम्पनी रोपिडले यही वर्षको अन्तदेखि भूमिगत रेल सेवाको एउटा कम्पार्टमेन्टलाई 'सिंगल' यात्रीका लागि आरक्षित गर्ने भएको छ । जोडी नभएका तर जोडी खोज्न चाहनेहरूले मात्र यो कम्पार्टमेन्ट प्रयोग गर्न सक्नेछन् । यसका प्रवक्ता फिलिप ड्रपालले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन्, 'सार्वजनिक सवारी यात्रा गर्ने साधन मात्र होइन, तपाईंले आफ्नो कारमा उपभोग गर्न नपाएका सेवा यसमा पाउनुहुनेछ ।' १२ लाख जनसंख्या भएको प्रागमा गएको वर्ष ५४ लाख विदेशी पर्यटक पुगेका थिए । तीन रुटमा चल्ने मेट्रो ५९ किलोमिटर लामो छ । यातायात कम्पनीले सडकमा निजी सवारीको संख्या घटाउने र सार्वजनिक सवारीसाधनको प्रयोग बढाउन यस्तो उपाय सोचेको हो । सधैं जाम भइरहने काठमाडौंले पनि सार्वजनिक सवारी साधनको प्रयोग बढाउन केही उपाय सिक्ने कि ? -

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger