भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
लैंगिक तथा यौनिक अल्पसंख्यकमाथि हुने भेदभाव अन्त्यको अभियानस्वरूप तेस्रोलिंगीहरूले सुनसरीमा सांस्कृतिक कार्यक्रमका साथै फेसन शो प्रस्तुत गरे। इटहरीमा आयोजित कार्यक्रममा ब्लू डाइमन्ड सोसाइटीसँग आबद्ध कलाकारहरूले भेदभाव अन्त्यका लागि विश्वव्यापी दिवसका अवसरमा विभेदको अन्त्य गरिनुपर्ने सन्देशसमेत दिए। कार्यक्रममा सहभागी तेस्रोलिंगी अनुशा भुजेलले लाञ्छना एवं भेदभाव अन्त्यका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै मानव सृष्टिकै उपज तेस्रोलिंगी वा समलिंगी भएकाले विभेद अन्त्य गर्न सबैको साथ चाहिने बताइन्। ब्लू-डाइमन्ड सोसाइटीका निर्देशक सञ्जीव शर्माले लैंगिक तथा यौनिक अल्पसंख्यक पनि मानव समाजकै उत्पादन भएको भन्दै भेदभाव अन्त्य गर्न परिवार, समाज र राष्ट्रकै दायित्व भएको बताए। समलिंगी तथा तेस्रोलिंगी कलाकारहरूले फेसन सो एवं नृत्य प्रस्तुत गरेर समुदायका अरू मानिससरह आफूहरूमा पनि कला र स्वभाव रहेको सन्देश दिए। उक्त अवसरमा धरान डान्स एकेडेमी तथा पूर्वी नेपालका विभिन्न जिल्लामा रहेका नीलहीरा समाजमा आवद्ध लैगिक अल्पसंख्यक कलाकारहरूले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.