Widgets

Home » » कुमार श्रेष्ठ - चर्चित हास्यटेलिश्रृङखला मेरी बास्सैमा

कुमार श्रेष्ठ - चर्चित हास्यटेलिश्रृङखला मेरी बास्सैमा

Written By sangalo on Saturday, May 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


चर्चित हास्यटेलिश्रृङखला मेरी बास्सैमा मुस्कान पासा -सीताराम कट्टेल) को प्रवेशसँगै एउटा अर्को पात्रको पनि जन्म भयो, 'यो नाति पड्के फसीलाल'। उक्त भूमिका निर्वाह गर्ने कलाकार कुमार श्रेष्ठ हुन्। हास्यश्रृंखलामा धुर्मुसकी दिदीसँगको मायापिरतिमा फसिलाल गजबसँग जमेका छन्। छोटो भूमिकामै पनि उनले चर्चा कमाएका छन्। रेडियो अडियोमा टु मच प|mी, हाउसफुल कमेडी शोजस्ता लोकपि्रय हास्यव्यंग्यात्मक कार्यव|mम चलाउने कुमार हास्य विज्ञापन निर्माणमा पनि सक्रिय छन्। रेडियो अडियो अघि मेरो एफएममा पनि उनी हास्य कार्यव|mम नै चलाउँथे। हास्यटेलिश्रृङ्खला जय होस्, थुप्रै रेडियो नाटक तथा गाईजात्रे गीतहरूमा अभिनय गरिसकेका कुमार राजधानीको एक विद्यालयमा विगत सात वर्षदेखि नाटक प्रशिक्षकका रूपमा समेत कार्यरत छन्। गत वर्ष बानेश्वरको गाईजात्रामा प्रस्तुति दिएर दर्शकको वाहवाही बटुलेका कुमार स्ट्यान्डअप कमेडीमा पनि उत्तिकै पोख्त छन्। देशका शीर्ष नेतादेखि लिएर अभिनेतासम्मको आवाज दुरुस्तै निकाल्ने कुमार कलायात्रामा महपछि सीताराम कट्टेललाई आफ्नो गुरु मान्छन्। कुमारसँग साप्ताहिकका लागि विदुर खतिवडाले गरेको तीन प्रश्न ः नाति पड्केको भूमिकामा कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ? एकदमै राम्रो, म त दंग छु, बाटोमा हिँड्दा पनि 'ए नाति पड्के भुँडी फुट्ला नि' भनेर जिस्क्याउँछन्। आफूभन्दा अग्रज कलाकारहरूले पनि राम्रो छ, अभिनयमा अझै निखार ल्याउन सल्लाह दिनुभएको छ। मेरी बास्सैमा फसीलाल नाम कसरी रहन गयो ? सीताराम दाइले मुस्कान पासाको नातिको भूमिका मलाई दिने पक्का भएपछि मलाई एउटा नेवारी नाम खोज्न भन्नुभएको थियो। मैले मामाघर भक्तपुर गएर तुइलाल, फसीगोरा, न्हुच्छेकाजीजस्ता नाम संकलन गरी उहाँलाई सुनाए। उहाँले न्हुच्छे ठीकै छ भन्नुभयो। तर सट दिने बेलामा क्यामेराम्यान मनराज दाइ -मेरी बास्सैका हिमाल असई) ले फसीलाल नाम राम्रो हुन्छ भन्नुभयो। सीताराम दाइले पनि न्हुच्छे भन्दा त फसीलाल नै ठीक छ भन्नुभयो अनि फसीलाल नै नामाकरण भयो। रेडियोमा कार्यव|mम चलाउन सजिलो कि अभिनय गर्न ? रेडियो अडियोमा पनि हास्यव्यंग्यात्मक कार्यव|mम चलाउनुपर्ने भएकाले अभिनय नै गर्नुपर्ने हुन्छ। फरक यत्ति हो कि रेडियोमा आफ्नो स्वि|mप्टअनुसारको अभिनय हुन्छ, मेरी बास्सैमा निर्देशकको स्त्रिmप्टअनुसार। गाह्रो-सजिलोभन्दा पनि मेहनत दुवैम्ाा पर्छ। हास्यव्यंग्य विधाका सबै क्षेत्रमा काम गर्ने इच्छा भएकाले यो वर्ष गाईजात्रे एल्बम पनि निकाल्दैछु। त्यसअतिरिक्त अभिनय सँगसँगै स्ट्यान्ड अप कमेडीतर्फ पनि थप मेहनत गर्नेछु।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger