Widgets

Home » » युवतीको नयाँ ब्यान्ड

युवतीको नयाँ ब्यान्ड

Written By sangalo on Saturday, May 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
BAND_LADIES


युवती मात्रै रहेको नयाँ सांगीतिक ब्यान्डको बिहीबार घोषणा गरिएको छ । गायिका आनी छोइङले नयाँ ब्यान्ड 'श्रीतारा' को अफिसियल उद्घाटन गरेकी छन् । ब्यान्ड घोषणाकै सन्दर्भ पारेर कलाकारहरूले 'आर्ट एन्ड म्युजिक कोलाब्रेसन' शीर्षकमा सांगीतिक प्रस्तुति दिएका थिए । १९०५ रेस्टुरेन्टमा आयोजित समारोहमा आनी छोइङले नयाँ ब्यान्डका सदस्यहरूलाई हौसला दिइन् । उनले युवकको ब्यान्ड जत्तिकै युवतीहरूको सांगीतिक समूहले पनि सफल सिर्जनात्मक काम गर्न सक्ने बताइन् । ब्यान्डमा शारदा डंगोल, अञ्जु महर्जन, मञ्जु नकर्मी र मतिना अवाले छन् । पहिलो प्रस्तुतिस्वरूप ब्यान्डले ६ वर्षअघि फर्पिङस्थित आर्यतारा स्कुलमा ल्होछारको अवसरमा कन्सर्ट गरेको थियो । त्यसयता होटल द्वारिकाज, वसन्तपुर लगायतमा प्रस्तुति दिएको ब्यान्डले केही दिनअघि मात्रै चित्रकारहरूको संस्था लसनासँग मिलेर 'आर्ट एन्ड म्युजिक कोलाब्रेसन' थिममा कला तथा संगीत कार्यशाला गरेको थियो । संगीत सुन्दै चित्र कोरिने यो कार्यशालामा कलाकारले महिला हिंसाविरुद्धको थिममा चित्र कोरेका थिए । विकास श्रेष्ठ, विनिता बज्राचार्य, डिभा प्रधान, महेश कुँवर, मेख लिम्बू, सविता डंगोललगायतले कोरेका चित्रहरू ब्यान्ड उद्घाटनकै सन्दर्भ पारेर १९०५ रेस्टुरेन्टमा प्रदर्शनीमा राखिएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger