भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
११ जेठ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको आक्रमणमा एक नेपाली मारिएका छन् । आक्रमणमा अन्य ६ जनाको पनि ज्यान गएको छ ।
तालिबानले गराएको विस्फेटमा मारिने नेपाली सुरक्षा गार्ड भएको बताएपनि थप केही खुलाइएको छैन । आक्रमणमा ३ नेपाली घाइते भएको र उनीहरुमध्ये एकको ज्यान गएको बीबीसीले जनाएको छ ।
काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले भने पुष्टी गरेको छैन । परराष्ट्र प्रवक्ता अर्जुनबहादुर थापाले विस्फोटमा नेपाली मारिएको खबर बीबीसीमा आफूले पनि पढेको तर, आफूलाई कुनै आधिकारिक जानकारी नआएको बताउनुभयो । अफगानिस्तानमा नेपाली दूताबास छैन । पाकिस्तानमा रहेको नेपाली दूताबासले नै अफगानिस्तान हेर्दै आएको छ ।
विस्फोटका कारण अन्तराष्ट्रि«य प्रवासन संगठनको गेष्ट हाउस क्षतिग्रस्त भएको छ । तालिबानका प्रवक्ताले समेत गेष्टहाउस उनीहरुको निशानामा रहेको बताएका छन् । विस्फोट निकै शक्तिशाली भएको अधिकारीहरुले बताएका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.