भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
११ जेठ, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगले विशेष अदालतमा उजुरी दर्ता गरेपछि फरार रहेका ‘डन’ गणेश लामा पक्राउ परेको पारिवारिक स्रोतले दाबी गरेको छ । तर, प्रहरीले भने शनिबार बेलुकासम्म लामा पक्राउ परेको अस्वीकार गरेको छ । ‘लामा पक्राउ परेको हामीलाई थाहा हुनुपर्ने हो, तर अहिलेसम्म जानकारी छैन ।’ जिल्ला प्रहरी कार्यालय हनुमानढोकाका एसपी उत्तम सुवेदीले अनलाइनखबरसँग भन्नुभयो, ‘जिप्रकाको टोलीले लामालाई पक्रेको छैन ।’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र केरकार शाखाले पनि लामा पक्राऊ नपरेको दाबी गरेका छन् । ‘केरबार र सिआइबी सबैतिर बुझ्दा लामा पक्राऊ परेको देखिएन’ प्रहरी प्रवक्ता डीआइजी केशव अधिकारीले भन्नुभयो । वारेन्ट जारी भैसकेका लामा पक्राउ परेका भए प्रहरीले सूचना लुकाइरहन जरुरी नभएको अधिकारीको तर्क छ । उता लामाको परिवारनिकट स्रोतले भने दुई दिन अघि नै उनी पक्राउ परेको दाबी गरेको छ । ‘कोटेश्वरस्थित निवासमा लामा देखिएका छ्रैनन्, ठमेलमा उनले चलाएको रेष्टुरेन्टमा पनि छैनन् ।’ स्रोतले भन्यो । तर, प्रहरी स्रोतले भने पक्राउ परेको हल्ला चलाएर लामाले झुक्याएर फरार हुने जुक्ति लगाएको पनि हुन सक्ने आशंका गरेको छ । अर्कातिर प्रहरी आफैंले लामाको गिरफ्तारीलाई गुपचुप राखेर उनलाई जोगाउन खोजेको आशंका पनि जन्मिएको छ । तर, प्रहरीले यसबारे मुख नखोल्दा लामाको गिरफ्तारीको प्रशंग अन्यौलपूर्ण बनेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.