भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
११ जेठ, काठमाडौं । दुवै हात नभएर पनि सगरमाथाको शिखरमा पुगेका कीर्तिमानी आरोही सुदर्शन गौतमले नेपालका हिम श्रृखलाहरु उच्च जोखिममा रहेको भन्दै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि काम गर्ने बताउनुभएको छ । जनसञ्चार अभियानमा शनिबार भएको अन्तरक्रियामा गौतमले आरोहणका क्रममा आफूले कालो पहाडको स्वरुपमा सगरमाथा देखेको भन्दै चिन्ता जनाउनुभयो । ‘सामान्यतयाः सगरमाथालाई सधैं हिउँले ढाकेको हुन्छ भन्ने ठानिन्छ’ गौतमले भन्नुभयो-’हिलारी स्टेपबाट हेर्दा सगरमाथा कालो पहाडजस्तो देखें ।’ जलवायु परिवर्तनको असरका कारण सगरमाथा हिउँविहीन भएको भन्दै उहाँले सगरमाथाको अस्तित्व गोजाउन लागि पर्नेमा जोड दिनुभयो । सगरमाथा आरोहण गरेर आफूले अपांगता हुँदैमा मानिसको इच्छाशक्ति मर्दैन भन्ने पुष्टि गर्न सकेकोमा गर्व लागेको गौतमले बताउनु भयो । आरोहण टोलीको नेतृत्व गरेका कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाले दुवै हात नभएर पनि सगरमाथाको सफल आरोहण गर्न सकेकामा गौतमको प्रसंशा गर्नुभयो । गौतमसहितको आरोहण टोलीले गत सोमबार सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थियो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.