भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाल टेलिभिजनमा प्रसारण हुने लोकपि्रय कार्यक्रम ∆याइँकुटीका कलाकारले रसुवावासीलाई बेजोडसँग हँसाएका छन्। मौसमले साथ नदिए पनि रसुवाको कालिकास्थानमा टेलिभिजनको पर्दामा मात्र देखिने कलाकारहरूलाई आफ्नो अगाडि पाउँदा विकट रसुवावासी हर्षले विभोर भएका थिए। मदन भण्डारी फाउन्डेसन रसुवाको आयोजनामा भएको कार्यक्रममा कलाकारले नेपालमा संविधान निर्माण गर्न नसक्ने दलका नेताहरूप्रति व्यङ्ग्य गर्दै नयाँ नेपाल एक्सप्रेस प्रहसन प्रस्तुत गरेका थिए। कार्यक्रममा कलाकार खेम शर्मा, राजन थापा, दिपेन शाह, जनक नेपालले प्रहसन तथा कलाकार रोमी घिमिरेले रोचक नृत्य प्रस्तुत गरेकी थिइन्। उक्त अवसरमा जिल्लाव्यापी लोकदोहोरी प्रतियोगितामा एकल तथा सामूहिक लोकगीत प्रतियोगितामा विभिन्न कलाकारहरूले सहभागिता जनाए। प्रतियोगितामा एकल गायनतर्फ प्रथम सीता गजुरेल, द्वितीय नवराज बुलुन, तृतीय सिर्जना लामा तथा सामूहिकतर्फ चित्रकुमारी न्यौपाने समूह प्रथम, गंगा ढकाल समूह द्वितीय, सुमित्रा न्यौपाने समूह तृतीय घोषित भए। कार्यक्रममा गाउँ-गाउँबाट सर्वसाधारणको भीड लागेको थियो।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.