भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री दीपिका पादुकोण पछिल्लो समयमा 'ए जवानी हे दिवानी'का प्रमोशनमा व्यस्त छन् । केही दिन अगाडि मात्रै दीपिकाले रणवीर माकुरा र सांला देखि निकै डराउने बताएकी थिइन् । तर रणवीरले भने आफूलई दीपिका देखि डर लाग्ने बताएका छन् । रणवीरले आफैसँगै आएका प्रतिस्पर्धीहरु भन्दा पनि दीपिकासँग डर लाग्ने बताएका हुन् । दीपिका अभिनयमा धेरै अघि बढ्न सक्छिन् भन्ने आफूलाई लागेपनि यति छिटै राम्रो कलाकार बन्छिन् भन्नेमा पहिल विश्वास नभएको बताए । आफूले दीपिकालाई नजिकबाट चिनेको र उनको बारेमा सबै थाहा पाएपनि उनी अभिनेत्री भएकाले उनको सामु आफू भयभीत हुन रणवीरले बताएका हुन् । दीपिका र रणवीर एक समय निकै गहिरो प्रेम सम्बन्धमा परेका थिए । अहिले उनीहरु अलग भइसकेका छन् । तर यही मे ३१ देखि रिलिज हुने ए जवानी हे दिवानीले यो जोडीलाई फेरि एक बनाउन सक्ने सम्भावन रहेको बलिउड मिडियाले जनाएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.