भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
माइक्रोसफ्ट अफिसको कुन संस्करण प्रयोग गर्दै हुनुहुन्छ ? कतिपयको साइबरतिर जाँदाको अनुभव भने राम्रो नहुन सक्छ । तिनीहरु माइक्रोसफ्ट अफिस २००३ नै प्रयोग गरिरहेका हुन्छन् । हुन त त्यसपछिका अफिसका संस्करणहरु प्रयोग गरेर बनाइएका डकुमेन्टहरु अफिस २००३ मा पनि खोल्न मिल्छ तर केहि सेटिङ मिलाउँन पर्छ । नजान्दा निकै साथीहरुले फाइल नखुलेर दुख पाएको मैले देखेको छु । यसैले साइबरमा मात्रै हैन सबैले सकेसम्म नयाँ संस्करणहरु प्रयोग गर्न सुझाव दिन्छु । सामान्यतया नयाँ संस्करणहरु पुरानाभन्दा चलाउँन सजिला र छिटा हुन्छन् । माइक्रोसफ्टले अर्को बर्ष अफिसको नयाँ संस्करण अफिस २०१३ ल्याउँने तयारी गर्दैछ । तर रमाइलो के छ भने यसको तयारी स्वरुप ‘प्रिभ्यू भर्सन’ भने ल्याइसकेको छ । तपाईले सजिलै र सित्तैमा यो डाउनलोड गर्न सक्नुहुन्छ । अफिसका यी भर्सनहरु डाउनलोड गर्न तपाईसँग माइक्रोसफ्टको इमेल जस्तै: हटमेल, लाइभ आदि भएको हुनुपर्छ । र एउटा आइडीबाट पाँचवटा कम्प्युटरसम्म डाउनलोड गर्न सकिन्छ । याद गर्नुहोस्, तपाईको कम्प्युटरमा विन्डोज ७ वा ८ अपरेटिङ सिस्टम भएको हुनु पर्छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.