Widgets

Home » » सेक्सी विद्या बालनको बिहे एक घण्टामा सकियो

सेक्सी विद्या बालनको बिहे एक घण्टामा सकियो

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


'द डर्टी पिक्चर' नामक बलिउड फिल्ममा उत्कृष्ट अभिनय गरेर भारतको राष्ट्रिय पुरस्कार प्राप्त गरेकी बलिउड अभिनेत्री विद्या बालन बैवाहिक सुत्रमा बाँधिएकी छिन् । विद्याले भारतका व्यवसायी तथा युटिभी मोशन पिक्चरका सिईओ सिद्धार्थ राय कपुरसँग विवाह गरेकी हुन् । विद्याको विवाह मुम्बईस्थित एक मन्दिरमा शुक्रबार बिहान स्थानीय समय अनुसार ४ बजेर ४५ मिनेटमा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विद्याको विहेको समयमा दुबैपक्षका परिवारका साथमा केही नजिकका साथीहरु मात्रै उपस्थित भएको पनि जनाइएको छ । विद्याको विवाह समारोह करिब एकघण्टा मात्रै चलेको एक भारतीय सञ्चारमाध्यमले दाबी गरेको छ । यससँगै विद्या सिद्धार्थकी तेस्री पत्नी बनेकी छिन् । सिद्धार्थको यसअघि नै दुईपटक विवाह भई सम्बन्धविच्छेद भईसकेको जनाइएको छ । विद्या भने पहिलो पटक विवाह बन्धनमा बाँधिएकी हुन् । ३४ वर्षीया केरलकी अभिनेत्री विद्याले ७ वर्षअघि ठूलो पर्दामा काम गर्न सुरु गरेकी थिइन् । उनले सन् २००५ मा बलिउड फिल्म ‘परिणिता’बाट ठूलो पर्दामा अभिनय गर्न सुरु गरेकी हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger