Widgets

Home » » गङनम स्टारले अमेरिकासँग माफी मागे

गङनम स्टारले अमेरिकासँग माफी मागे

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

गङनम स्टाइल बोलको प्यारोडी गीतबाट संसारभर चर्चामा रहेका दक्षिण कोरियाली गायक साईले अमेरिकासँग माफी मागेका छन् । गीतका कारण संसारका संगीतप्रेमीहरुको ध्यान तान्न सफल यी र्‍याफरले आखिर किन माफी माग्नुपर्‍यो सुपर पावर अमेरिकासँग ?
र्‍यापर साईले सन् २००४ मा एउटा जोसले भरिएको गीत गाएका थिए । बिरोध प्रर्दशनको उदेश्यले आयोजित एक कन्र्सटमा अमेरिका बिरोधी हिंसात्मक भावनाले भरिएको गीत गाएका थिए । गीतमा कोरियाली जनतालाई यातना दिन आदेश दिने अमेरिकीलाई पिडादायी मृत्यु दिन आह्वान गरिएको थियो, त्यो अश्लिल शब्दको प्रयोग गरेर ।
तर, यतिबेला साईको चर्चा बिश्वब्यापी छ । उनलाई अमेरिकी संगीतप्रेमीले पनि खुवै मन पराईरहेका छन् । माइकल ज्याक्सनजस्ता अमेरिकी पप सम्राटले मात्र हैन कोरियालीले पनि पश्चिमी संगीत पारखीको मन जित्न सक्छन भन्ने साईले देखाएका छन् ।
सायद यही कारण होला अब साईलाई अमेरिकासँगको सम्बन्ध सुधार्नु छ । त्यसैले उनले आठ बर्षपछि आएर अमेरिकासँग औपचारिकरुपमा माफी मागेका छन् ।
इराक युद्धमा दुई कोरियालीको मृत्यु भएपछि त्यस्तो बिबादित गीत गाउन पुगेको उनले स्पस्टीकरण दिएका छन् ।
आगामी डिसेम्बर २१ मा ह्वाइट हाउसमा आयोजना हुन लागेको कन्र्सटमा अमेरिकी राष्ट्रपति बराक ओबामा र पत्नी मिसेल पनि सहभागी हुने भएपछि साईले क्षमायाचना गरेका हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger