Widgets

Home » » सक्कली पीएको असली अभिनय

सक्कली पीएको असली अभिनय

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

पेसाले मन्त्रालयका कर्मचारी मुकुन्द आचार्य पदले ऊर्जा मन्त्रीका पीए छन् । मन्त्रीको पीए आचार्य जिरे खुर्सानी नामक हास्य टेलिशृंखलामा हास्य कलाकारका रूपमा खुद देखिन्छन् । अभिनय गर्ने रहरले उनलाई राम्रै कलाकार पनि बनाइदिएको छ । जिरे खुर्सानीको हरेकजसो भागमा उनी कुनै कुनै पात्रका रूपमा आइरहन्छन् । कलाकारिता गरेपछि कर्मचारीलाई कहिलेकार्हीं चाहिँ कठिन नै हुँदो रहेछ । मन्त्रीका सक्कली पीए उनी जिरे खुर्सानीको एक भागमा पनि मन्त्रीकै पीएका रूपमा देखा परे । पहिले विद्युत् प्राधिकरणको कर्मचारी रहेका आचार्य पशुपतिशमशेर राणा पहिलो जलस्रोत मन्त्री हुँदा ‘केही दिनका लागि टेलिफोन मात्र उठाउन’ काजमा जलस्रोत मन्त्रालय पुगेका उनी दर्जनभन्दा बढी जलस्रोत मन्त्रीको पीए बन्न सफल भए । सो मन्त्रालय टुक्रिएर सिँचाइ र ऊर्जा मन्त्रालयका रूपमा विभाजित भई ऊर्जा मन्त्रालय भएपछि उनी विभागीय मन्त्रीको पीए रहँदै आएका छन् । बहालवाला मन्त्रीको पीए भएकै बेला आचार्यले जिरे खुर्सानीको एक भागमा पनि मन्त्रीको पीए भएर आर्थिक कारोबारको बलमा कर्मचारीको सरुवा मिलाउने भूमिकामा अभिनय गरिदिए । बहालवाला मन्त्रीको पीएले नै सिरियलमा यस्तो भूमिकामा अभिनय गरिदिएपछि सरकारी कर्मचारीको सरुवाबढुवा पैसाकै बलमा हुने रहेछ भन्ने कुराको पुष्टि नै भएबराबर भएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger