Widgets

Home » » अरुणिमालाई चाहियो डर्टी पिक्चर

अरुणिमालाई चाहियो डर्टी पिक्चर

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


गर्भवती हुनु केही समयदेखि नै पर्दामा देखिन छोडेकी नायिका अरुणिमा लम्साललाई आमा बन्नु फिल्ममा नदेखिनुको बहाना बनाउन सजिलो भएको छ । हालै केही समयका लागि भन्दै अमेरिका गएकी अरुणिमा हिजोआज कसैले तपाईं अहिले फिल्ममा देखिनुहुन्न नि भने छोरीको स्याहारसुसारमा लागेकोलाई कारण बताउँछिन् । एक अनलाइनमा कुराकानी गर्ने क्रममा भने उनले खास कारण खुलाइन् । उनलाई फिल्मका अफर नै रहेनछन् । ‘फिल्म खेल्ने मन भए पनि अफर आएकै छैन । सायद मलाई सुहाउने भूमिका नभएर होला’ फिल्म खेल्ने इच्छा पूरा गर्नका लागि उनले सो अनलाइनलाई खुलेरै भनेकी छिन् ‘म पुरानै फर्मुलाका सिनेमा खेल्नुपर्छ भन्ने सोचाइमा छैन । समयअनुसार परिवर्तन हुनुपर्छ भन्ने मलाई पनि थाहा छ । अब मलाई डटी पिक्चरमा विद्या बालनले गरेकोजस्तो भूमिका गर्न मन छ ।’ यो फिल्म खेल्ने लत भनेकै त्यस्तो । फिल्म खेल्नका लागि जसरी पनि तयार हुनुपर्ने । त्यसैले त अहिलेको जस्तो फिल्ममा भए पनि खेल्ने मुड उनले बनाउनुपर्‍यो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger