Widgets

Home » » कांग्रेस बैठकमा यसरी कड्किए कोइराला

कांग्रेस बैठकमा यसरी कड्किए कोइराला

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२१ चैत, काठमाडौं । पार्टी मुख्यालय सानेपामा आयोजित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बुधबार सभापति सुशील कोइराला आक्रोशितरुपमा प्रस्तुत हुनुभयो । रेग्मी नेतृत्वमा सरकार गठन भएकोमा असहमति राख्दै आएका केन्द्रीय नेताहरुले बोल्न खोज्दा कोइरालाले एउटै कुरालाई धेरै नदोहोर्याउन आग्रह गर्नुभयो ।
susil koiralaबुधबारको बैठकमा रेग्मीले प्रधानन्यायधीश पदबाट राजीनामा दिनुपर्ने भन्दै केन्द्रीय सदस्य अर्जुननर सिंह केसी, बलबहादुर केसी र एनपी साउदले बोल्ने प्रयास गर्नुभएको थियो । तर, पूरै बोल्न नपाउँदै कोइरालाले भन्नुभयो- ‘कति सिजे-सिजे भनेर एउटै कुरा दोहोर्याइरहनुहुन्छ ?’
सभापति कोइरालाले आक्रोश पोखेपछि अर्का नेता पूर्णबहादुर खड्काले हामीले बैठकमा कुरा राख्न किन नपाउने ? भन्दै गुनासो गर्नासाथ कोइरालाले रेग्मीलाई सरकार प्रमुख किन बनाउनुपर्यो भन्नेबारे रामचन्द्र पौडेलको प्रतिवेदनमा विस्तृतरुपमा उल्लेख भैसकेको बताउनुभयो । ‘रामचन्द्रजीको दस्ताबेजमा सबै कुरा उल्लेख भएकै छ, त्यसमा चित्त बुझ्दैन भने म भोटिङ गराइदिन्छु ।’- कोइरालाको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई बताए ।
बुधबारको बैठकमा उपसभापति रामचन्द्र पौडेलले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो भने महामन्त्री कृष्ण सिटौलाले विधान संशोधन प्रस्ताव र अर्का महामन्त्री प्रकाशमान सिंहले वाषिर्क प्रतिवेदन पेश गर्नुभएको थियो । बिहीबारको बैठकमा कोषाध्यक्षले चित्रलेखा यादवले पार्टीको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । बैठकमा प्रस्तुत दस्ताबेजमाथि बिहीबारदेखि छलफल हुने बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger