Widgets

Home » » बेगनास तालमा डुंगा डुब्दा दुईको मृत्यु, तीनजना बेपत्ता

बेगनास तालमा डुंगा डुब्दा दुईको मृत्यु, तीनजना बेपत्ता

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२१ चैत, काठमाडौं । पोखराको बेगनास तालमा बुधबार दिउँसो डुंगा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा पोखरा १० रामबजार बस्ने डेढ बर्षकी इबिना गुरुङ र ३ बषिर्या अनुस्का गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । डुंगा पल्टिएपछि उद्दार गरेर गण्डकी अस्पताल लगिएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
bejnas-tal
बेगनास तालमा ढुंगामा सयर गर्दै पर्यटकः फाइल तस्वीर
प्रहरीका अनुसार पिकनिक गएका १२ जनामध्ये ८ जना डुंगामा चढेर रमाइरहेको बेला एक्कासी चलेको हावाहुरीले डुंगा पल्टिएको हो । डुंगा डुबे लगत्तै तीनजना आफैं पौडिएर किनारमा आएका थिए भने दुईजनालाई अरुले उद्दार गरेका थिए ।
बेपत्ता हुनेमा प्रकाश गुरुङ, सुस्मा गुरुङ र पुष्पा गुरुङ रहेका घटनास्थलमा रहेका प्रहरी निरीक्षक बिमल कुमार उपाध्यायले अनलाइनखबरलाई जानकारी दिनुभयो । बेपत्ताहरुको खोजी भैरहेको उपाध्यायले जानकारी दिनुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger