भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२१ चैत, काठमाडौं । देशको कानुनले तराईमा १० बिघाभन्दा बढी जग्गा राख्न नपाउने गरी हदबन्दी तोकेको छ । तर, यही नियम पालना गराउने र अहिले कार्यान्वयन गर्ने ठाउँसम्म पुगेका मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीमाथि नै हदभन्दा बढी जमीन राख्ने जमिन्दारको आरोप लागेको छ । सरकार बिरुद्ध आन्दोलनरत नेकपा-माओवादीले रेग्मी जमिनदार भन्दै बर्दियामा रहेको उहाँको जग्गा कब्जा गरेको छ ।
बुधबार बिहान भाले बास्नुअगाडि नै बर्दियाको खैरीचन्दनपुर-८ स्थित अध्यक्ष रेग्मीको जग्गामा माओवादी कार्यकर्ताले झण्डा गाडेका हुन् । ‘रेग्मी, उहाँका ससुरा लक्ष्मीप्रसाद शर्मा र अर्का स्थानीय युवराज शर्माका नाममा रहेको जग्गा हामीले कब्जा गरेका हौं ।’-माओवादी जिल्ला सेक्रेटरी द्रव्य साह सुमनले अनलाइनखबरलाई बताउनुभयो ।
रेग्मीका आफन्तले भने अध्यक्ष रेग्मीका नाममा बढीमा १० बिघा जमीन मात्रै रहेको बताएका छन् । तर, माओवादीले भने उहाँसँग हदबन्दी भन्दा बढी जग्गा भएको दाबी गरेको छ । ‘उहाँसहित तीन जना नातेदारका नाममा एकसय १० देखि एकसय २० बिघासम्म जमीन छ’ सुमनले भन्नुभयो- ‘हामीले पहिले पनि कब्जा गरेका थियौं, अहिले फेरि पार्टी नीति विपरीत नै भए पनि कब्जा गरेका हौं ।’
माओवादी कार्यकर्ताले बुधबार बिहानै जग्गामा गाडेको झण्डा प्रहरीले केहीघण्टापछि नै निकालेर फालेको छ । ‘झण्डा निकाल्ने र गाड्ने प्रकृया त चलिरहन्छ, तर हामी यहाँको उत्पादन लैजान दिँदैनौं, भूमीहीनहरुलाई वितरण गर्छौं ।’-सुमनले भन्नुभयो-’अरुले दुःख गरेर कमाउने, उनीहरु बसीबसी खाने कहाँ मिल्छ ?’ रेग्मीले अन्य सामन्त र जमिन्दारले विगतमा गरेजस्तै हदबन्दीको डरले आफ्ना नातेदारका नाममा जमीन लुकाएको स्थानीय माओवादी कार्यकर्ताको आरोप छ ।
बर्दिया-१ की पूर्वसभासद एवं वैद्यपक्षीय माओवादी केन्द्रीय सदस्य सरला रेग्मी खिलराज आफ्नै नाममा १० विघा जग्गा रहेको र हदभन्दा बढी जमीन लुकाउने उद्देश्यले भाइ, भाउजूलगायतका नातेदारका नाममा सय विघाको हाराहारीमा जमीन राखेको बताउनुहुन्छ । जनयुद्धकालमै आफूहरुले रेग्मीको जग्गा कब्जा गरेको बताउँदै उहाँले भन्नुभयो-’हामीले जनयुद्धकालमा पनि कब्जा गरेका थियौं, पछि २५ बिघामा ठेकेदारले प्लाइउड बनाउने काठका बिरुवाहरु लगाएपछि प्रचण्ड पक्षबाटै संरक्षण गर्ने काम भयो ।’
अध्यक्ष रेग्मीको जग्गा रहेको स्थान बर्दियाको राजापुर क्षेत्रमा पर्छ । भेरी र कर्णालीले घेरिएको ११ गाविस रहेको यो स्थानलाई श्रीलंका टापुसमेत भन्ने गरिन्छ । विगतमा राजापुरदेखि नेपालगञ्जसम्म आफ्नै जमीन रहेका ठूला जमिन्दार हरिहर शर्माको कामत रहेको बर्दियाको यसक्षेत्रमा सामन्ती उत्पादन सम्बन्धको अवशेष अहिलसम्मै रहेको पूर्वसभासद् रेग्मीको भनाइ छ ।
अझै सार्वजनिक भएन रेग्मीको सम्पत्ति
सरकार प्रमुख बनेपछि आफ्नो यथार्थ सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी बाध्यता भए पनि अध्यक्ष रेग्मीले अहिलेसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छैन ।
पाल्पामा पुख्र्यौली सम्पत्ति रहेका रेग्मीको काठमाडौंमा पनि घर छ । छोरा-बुहारी अमेरिकामा रहेका रेग्मीले पख्र्यौली सम्पत्तिका साथै अदालतमा हुँदा आर्जन गरेको र परिवारका सदस्यसँग रहेको सम्पत्तिसमेत गोरखापत्रमार्फत् सार्वजनिक गर्नुपर्नेमा त्यसो नगर्दा रेग्मीको सम्पत्ति कति छ भन्ने जनसमक्ष आएको छैन । बुधबार वैद्यपक्षीय माओवादी कार्यकर्ताले झण्डा गाढेपछि बर्दियामा रेग्मीको दशौं बिघा जाग्गा रहेको खुलेको हो । यद्यपि त्यहाँ उहाँका नाममा र ससुरालीका नाममा कति-कति जमीन छ भन्नेचाँहि उहाँले आफ्नो सम्पत्ति सार्वजनिक गरेपछिमात्रै थाहा होला ।
वैद्यका कार्यकर्ता भन्छन्- खिलराज जमिन्दार हुन् अझै सार्वजनिक भएन रेग्मीको सम्पत्ति
Written By sangalo on Wednesday, April 3, 2013
भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्
Labels:
समाचार
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.