Widgets

Home » » जंगी अड्डाले चाह्यो भने यस्तो पनि हुन्छ -उपरथी बस्नेतबारे 'फास्टट्रयाक'भन्दा पनि फास्ट निर्णय

जंगी अड्डाले चाह्यो भने यस्तो पनि हुन्छ -उपरथी बस्नेतबारे 'फास्टट्रयाक'भन्दा पनि फास्ट निर्णय

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२१ चैत, काठमाडौं । नेपाली सेनामा बढुवासम्बन्धी विवाद चर्किएको छ । १६ जना प्रमुख सेनानीको बढुवा सोमबार सर्वोच्च अदालतले रोकिदिएको छ । तर, अनुभवी र राम्रालाई प्राथमिकता दिने उद्देश्यले लागू भएको ‘फास्टट्रयाक’ सम्बन्धी नियमका कारण अबदेखि कुनै पनि सैन्य अधिकारीले नियमित प्रक्रियाबाट बढुवा हौंला भन्नेचाहिँ नचिताए हुन्छ । र, अब क्षमता हुने सैन्य अधिकारीहरुले ऐनअनुसार छिटै बाहिरिन बाध्य पनि हुनुपर्ने छैन । यसको राम्रो उदाहरण बनेका छन् नेपाली सेनाको प्राविधिकतर्फका उपरथी नरेशबहादुर बस्नेत ।
उपरथी बस्नेतले उमेर ५४ वर्ष हुँदाहुँदै पदावधिकाका कारण गत पौष १५ गते अवकाश पाउनै लाग्नुभएको थियो । तर, उहाँका ठाउँमा बढुवा हुन ठिक्क परेका सहायक रथीले त्यो मौका पाएनन् । उपरथीले पाउने सबै सुविधा उपभोग गर्ने गरी विशेष पद सिर्जना गरेर अहिले बस्नेतलाई नै पुनः दुईवर्षका लागि प्राविधिक उपरथी बनाइसकिएको छ । यो नजीरले पनि प्रष्ट पार्दछ कि अब जंगी अड्डाको नजरमा अनुभवी, सक्षम र राम्रा ठहरिएका सैनिक अधिकारीहरुले सैनिक ऐन र नियमावलीले छेक्दैमा घर फर्किन बाध्य हुनुपर्ने छैन ।
बस्नेतले अवकाश पाउनुभन्दा ९ दिनअघि गत पौष ६ गते जंगीअड्डाले रक्षा मन्त्रालयलाई लेखेको सिफारिस पत्रमा भनिएको थियो-’राष्ट्र र नेपाली सनेालाई प्राविधिक उपरथी नरेशबहादुर बस्न्यातको आवश्यकता अझै रहेको र वहाँले आफ्नो सेवा कालमा राष्ट्र निर्माण तथा नेपाली सेनामा पुर्याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै हाल ५४ वर्षमात्र उमेर भई सक्रिया सेवा गर्न सक्ने उमेर अझै बाँकी रहेकोमा मिति २०६९/९/१५ गतेबाट पदावधिका कारणले अवकाश हुन लाग्नुभएका उहाँलाई प्रधान सेनापतिको प्रत्यक्ष मातहतमा राखी प्राविधिक उपरथीको विशेष दलमा पदस्थापन गराउन अनुरोध गरिन्छ ।’army-1
प्रधानसेनापति गौरबसमशेर जवराको सिफारिसअनुसार रक्षासचिव तिलकराम शर्माले पौष १२ गते क्याबिनेट बैठकमा बस्नेतबारे तीनबुँदे प्रस्ताव पेश गर्नुभयो । उक्त प्रस्तावमा नेपाली सेनामा दुर्यवर्षका लागि मात्र प्रधानसेनापतिको प्रत्यक्ष निर्देशनमा रहने गरी एक जना प्राविधिक उपरथी पद सिर्जना गर्ने भनिएको थियो । त्यसैगरी उक्त दरबन्दीमा बस्नेतलाई पौष १५ देखि लागू हुनेगरी २ वर्षका लागि प्रचलित कानूनबमोजिम नियुक्ति गर्ने र निजलाई प्राविधिक उपरथीले पाएरसरह सुविधा र मर्यादा उपलब्ध गराउने प्रस्ताव रक्षासचिव शर्माले क्याबिनेटमा पेश गर्नुभएको थियो ।
army-2
पौष १२ गते बसेको क्याबिनेटले रक्षासचिवको प्रस्तावलाई थोरै संशोधन गर्दै बस्नेतलाई प्राविधिक उपरथीमा दुई वर्षका लागि नियुक्ति गर्ने निर्णय गर्यो । बस्नेत जुनसुकै कारणबाट सो पदमा नरहेमा वा दुई वर्षको अवधि समाप्त भएमा सो पद स्वतः खारेज हुने नयाँ बुँदासमेत थपेर क्याबिनेटले जंगी अड्डाको सिफारिस सदर गरेको हो ।
बस्नेतको बढुवा ‘प्रचललित कानूनअनुसार’ गर्ने रक्षासचिवको सिफारिस रहे पनि सैनिक ऐनको कुन दफा वा नियमावलीको कुन नियममा टेकेर यस्तो निर्णय गरिएको हो भन्ने प्रष्ट खुलाइएको छैन । ‘फाष्टट्रयाक’ नीतिप्रति असहमति जनाउँदै आएका र पछिल्लो बढुवा प्रकरणमा सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन आइपुगेका सैनिक अधिकारी भने यस्तो विशेष पद सिर्जना गर्ने कार्यले सैनिक ऐन र नियमावलीसँग तादाम्य नराख्ने दाबी गर्छन् । प्रधानसेनापति यसरी विशेष पद सिर्जना गर्दा सुविधालगायतका विषयमा सीमा तोकेको उनीहरुको तर्क छ । ‘उपरथीले पाउने सबै सुविधा उपभोग गर्ने भनिसकेपछि दुईवर्षभित्र बस्नेतको बढुवा भएमा त्यसलाई रोक्न मिल्दैन ।’-स्रोत भन्छ- ‘बाहिर करारमा नियुक्त गरिएको भनिए पनि बस्नेतको नियुक्ति करारमा गर्ने भन्ने पदावली नेपाल सरकारको माइन्युटमा उल्लेख छैन ।’
army-3
नेपाली सेना जंगी अड्डाले भने नयाँ, उर्जाशील तथा विशिष्ट क्षेत्रमा भूमिका निर्वाह गर्न सक्नेहरुलाई उपयुक्त स्थान दिने राम्रो मनसायले नयाँ नीति ल्याइएको बताउँदै आएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger