Widgets

Home » , » के मद्यपानले साँच्चिकै यौन सक्षमता बढाउँछ ?

के मद्यपानले साँच्चिकै यौन सक्षमता बढाउँछ ?

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


मद्यपान र यौनको विशेष सम्बन्ध परापूर्वकाल देखि नै चल्दै आएको छ। मद्यपानले आफूलाई केही खुकुलोपनको र सहजताको अनुभव गर्ने कुरा महिला तथा पुरुषहरू बताउँछन्। उनीहरू मद्यपानले यौनचाहना वा कार्य सक्षमतामा सकारात्मक असर गर्छ भन्ने सोच्छन्। कुनै पनि स्थिति जसमा यौन सक्षमतामा प्रश्नचिह्न उठ्ने शंका छ भने उनीहरूले मद्यपानको सहारा लिन्छन्। आफ्नो सम्भावित यौनजोडीलाई कसरी यौनसम्बन्धका लागि मान्न तयार गर्ने भन्ने वा कसरी भन्ने कुरामा हिचकिचाहट भए मद्यपानकै सहयोग लिन्छन्, तर मद्यपानको के कस्तो प्रभाव पर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। थोरै मात्राको मद्यपान कतिपय व्यक्तिका लागि हिचकिचाहट हटाउन सहयोगी सावित हुनसक्छ, तर मुख्य कुरा के भने अत्यधिक मद्यपानले यौन सक्षमतामा नकारात्मक असर पार्छ। मद्यपानले यौनचाहना बढाउन कुनै मद्दत गर्दैन। मध्यपानले यौन सक्षमता बढाउँछ भन्ने कुरामा विश्वास छ भने त्यसको प्रभावलाई भहउभअतबलअथ भलजबलअझभलत भााभअत -एक्पेक्टेन्सी इन्हान्समेन्ट इफेक्ट अर्थात् प्रत्याशावर्द्धित प्रभाव) भन्न सकिन्छ। मद्यपानले महिलाको भगक्षेत्रमा रक्तसञ्चारमा कमी ल्याउँछ र यसको पिसाब लगाउने गुण भएकाले योनिमा रस कम आउने वा सुख्खा हुने हुनसक्छ। योनि सुख्खा हुनु महिलाका लागि मात्र होइन, पुरुषका लागि पनि कम आनन्ददायक हुनसक्छ। त्यसैगरी मद्यपान गर्दा पुरुषहरूमा लिङ्ग उत्तेजना भनेअनुसार नहुने अर्थात् कडापन केही कम हुने, वीर्य स्खलनमा केही ढिलाइ हुनेजस्ता असर देखा पर्न सक्छन्। शीघ्र स्खलनलाई नियन्त्रण गर्न पनि नसक्ने हुनसक्छ र मद्यपानले मातेका बेला यौन चरमसुख प्राप्तिलाई पनि केहि गाह्रो बनाउँछ। मद्यपानको दीर्घकालीन दुरुपयोगले यौनचाहनाका लागि आवश्यक हार्मोन टेस्टेस्टेरोनको उत्पादनमै नकारात्मक असर गर्न सक्छ। यस्ता दीघर् कालीन दुरुपयोगले कलेजोमा क्षति पुर्‍याउने, स्नायु प्रणालीमा असर गर्ने, रोग क्षमता शक्ति कमजोर पार्नेजस्ता कतिपय प्रभाव हुन्छन्। अण्डकोष नै सुक्नेजस्तो समस्या पनि आउन सक्छ। यस्ता कुराको प्रत्यक्ष तथा परोक्ष प्रभाव यौन सक्षमतामा पर्छ। मद्यपानको लत लागेका व्यक्तिहरू कुपोषणको सिकार पनि हुन्छन्, जसको प्रभाव स्वास्थ्य अनि यौन सक्षमतामा पर्ने नै भयो। मद्यपानको लत बसेका व्यक्तिले त्यसको सेवन गर्न छोडे पनि यौनसम्बन्धी कतिपय समस्या समाधान नहुन सक्छ। यस्तै आधाजसोमा मात्र पर्याप्त सुधार हुने देखिएको छ। मद्यपानको कुलतमा फसेकाहरूको सामाजिक तथा वैवाहिक सम्बन्ध पनि नराम्रो हुनुका साथै लतले निम्त्याउने आर्थिक क्षति एवं पारिवारिक कलहको पनि यौनजीवनमा नराम्रो असर पर्ने नै भयो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger