Widgets

Home » » तनाव भगाउने ५ काइदा

तनाव भगाउने ५ काइदा

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

अफिसमा कामको चाप, कसैसँगको विवाद वा झगडा तथा पारिवारिक झण्झटका लगायतका कारण तनाव बढ्नु स्वभाविकै हो । मान्छे बढि महत्वाकांक्षी बन्दै जाँदा तनावको मात्रा पनि बढ्दै जान्छ । तनाव बढ्नु मानसिक तथा शारीरिक स्वास्थ्यका लागि हानिकारक चिज हो ।
man-tensionयसले हाम्रो व्यक्तिगत तथा व्यवसायिक जिवनमा नराम्रो असर पार्छ । त्यसैले तनावबाट मुक्त हुनु आवश्यक छ । तनावलाई आफैले नियन्त्रण गर्न सकिन्छ । यस्ता केही उपाय छन् जसबाट तनाव भगाउने र जिवनमा खुसी भित्राउन सकिन्छ :
  • जब तपाइँको मूड खराब हुन्छ तब आफुलाई मन पर्ने गीत गुनगुनाउनुहोस् ।
  • मनपर्ने गित गुनगुनाउँदा तपाइँलाई जुन मानसिक शान्ति मिल्छ त्यसले योगाले जत्तिकै फाइदा गर्छ ।
  • तपाइँलाई तनाव दिने कुराहरुबाट टाढा हुन चाहनुहुन्छ भने आफ्ना पूरानारमाइला तथा हसिमजाकका तस्वीरहरु निकालेर हेर्नुहोस् र रमाइला दिनका यादलाई ताजा बनाउनुहोस् ।
  • जब तपाइँ तनाब महसुस गर्नुहुन्छ तब आखा बन्द गरेरविगतका खुसीका पल सम्झिनुहोस् । यसले तपाइँको मस्तिष्कलाई शान्त पार्न मद्दत गर्नेछ ।
  • गहिरो सास फेर्नुहोस् । सास लिन र छोड्न उत्तिकै लामो समय लगाउनुहोस्। कम्तिमा दश पटक लामो लामो स्वास फेर्दा तपाइँले केही रिल्याक्स महसुस गर्नुहुनेछ ।
  • सरीरमा पानीको मात्रा जति कम हुन्छ मस्तिष्कको कार्यप्रणालीमा उत्ति नै असर पर्छ । यस्तो भयो भने काममा केन्द्रित हुन सकिन्न र तनाव बढ्छ । त्यसैले पर्याप्त पानी पिउनुपर्छ ।
  • तनावग्रस्त व्यक्ति भलै कुनै काममा व्यस्त किन नहोस् तर ऊ कुनै न कुनै समस्याबाट संवेगात्मक रुपमा जोडिएको हुन्छ । त्यसैले पीडालाई भुलेर मज्जाले हाँस्ने कोसिस गर्नुहोस् । तनाव भएको बेला त्यत्तिकै हाँस्ने कुरो भएन । त्यसैले कुनै फन्नी भिडियो वा तस्वीर हेर्नुहोस् वा जोक भनेर मज्जाले हाँस्नुहोस् ।

  • भिडियो हेर्नलाई तल क्लिक गर्नुहोस 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger