Widgets

Home » » आफ्नो यौवनले विश्व हल्लाउने स्त्री ः प्रमिला उर्फ पामेला -भिडियो सहित

आफ्नो यौवनले विश्व हल्लाउने स्त्री ः प्रमिला उर्फ पामेला -भिडियो सहित

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


‘हे ! भगवान्, बर्बाद भो ! आज त मैले गर्भ निरोधक चक्की नै खान बिर्सिएछु !’ आफ्नो कलेजको गल्लीमा बसेर यसरी चिच्याउने ती युवती अरू कोही नभएर यस शताब्दीकै कामुक एवं विवादास्पद चर्चित सुन्दरी प्रमिला सिंह चौधरी उर्फ �पामेला वोर्डेस थिइन् �। आफ्नो �अनुपम यौवनको रसले एक पटक विश्वकै प्यास मेटाइदिने अझै भनौँ आफ्नो सौन्दर्य र कामुकताको छालले ‘मै हुँ’ भन्ने शासकहरूलाई लछप्पै रुझाइदिने सौन्दर्यकी मसिहा प्रमिलाको जन्म भारतको �हरियाणास्थित एक सानो गाउँमा सन् १९६२ अप्रिल १९ मा भएको थियो । भारतीय सैनिकका जागिरे पिता मेजर महेन्द्र सिंह चौधरी र माता शकुन्तला सिंह चौरधीको कोखबाट यस धर्तीमा �पाइला टेकेकी �एक साधारण भारतीय �नारी पछि गएर दुनियाँका शासकहरूको निन्द्रा हराम गर्नेछिन् भनेर सायदै कसैले सोचेका थिए होलान् । साधारण मध्यम तर शिक्षित परिवारमा जन्मेकी प्रमिला सिंह चौधरी पछि पामेला वोर्डेसको नामबाट संसारका मै हुँ भन्ने शासकहरूलाई �शासन गर्दै चर्चित बनिन् �। आफू जन्मेको महिना दिनमै आफ्ना सैनिक पितालाई गुमाएकी प्रमिला माताको संरक्षणमा हुर्केकी थिइन् । �विधवा आमाले निकै कष्टका साथ उनलाई �हुर्काएकी थिइन् । यतिसम्म कि उनलाई राम्ररी हुर्काउन बढाउन उनकी आमाले छात्रवासमा वार्डेनको काम �गर्नेदेखि लिएर ग्याँस सिलिण्डर बेच्नेसम्मको काम गर्नु परेको थियो । उनी जन्मदै साह्रै सुन्दरी थिइन्, विस्तारै उनमा कामुकता पनि बढ्दै गयो । मिलेको शरीर उज्याली अनुहार भएकी उनी सानैदेखि पढ्नमा पनि तेजिली थिइन् । उनले प्राथमिक शिक्षा स्थानीय लरेन्स स्कुलबाट लिएकी भए पनि माध्यमिक शिक्षा भने जयपुरस्थित महारानी गायत्री देवी विद्यालयबाट पूरा गरिन् । उनले एक पटक सुनेको र देखेको कुरा सायदै बिर्सन्थिन् । कुसाग्रबुद्धिकी उनी �खेलकुदमा पनि सौखिन थिइन् । घोडसवार र टेनिसमा उनका सहपाठीहरू उनीसँग टक्कर गर्न सक्दैन थिए । �उनी प्राकृतिक रूपमै सुन्दर भएकीले कहिल्यै सिँगारिने �गरिनन् । सिँगारबिना उनको �तेजिलो अनुहार र सहपाठीहरूभन्दा असाधारण शारीरिक �विकासले गर्दा उनका साथीहरू आश्चर्यमा पर्दथे । उनको शारीरिक बनावट एकदमै कामुक र जो–कोहीलाई पनि लोभ्याउने किसिमको थियो । सरकारी जागिरे आमाको सरुवासँगै दिल्ली जाने क्रममा उनले दिल्लीको साउथ दिल्ली बुमेन्स पोलिटेक्नीकलबाट फेशन एण्ड टेक्सटाइल डिजाइनिङ्गमा डिप्लोमा सकेसँगै बेरी लेडी श्रीराम कलेजबाट पनि बि.ए पढ्न भ्याइन् । आफ्नो प्राकृतिक सुन्दरतमा सन्तुष्ट र त्यसमै रमाइरहेकी उनी जसै कलेज जीवनमा पाइला टेकिन् उनमा केही परिवर्तनहरू हुन थाले । सिँगारबाट जहिल्यै टाढा रहने प्रमिला अब सिँगारबिना बाँच्न नसक्ने भइन् । सुनमा सुगन्ध भनेझँै उनमा सिँगार थपिँदा अवर्णनीय सुन्दरता थपियो, जसले जो–कोहीलाई पागल बनाउन पर्याप्त रह्यो । उनी स्त्री भैकन पनि स्त्री जस्ती थिइनन् । उनी आफ्ना केटीसाथीहरूभन्दा पनि केटा साथीहरूसँग हिमचिम बढाउँथिन् । हो यहीबाट �सुरु हुन्छ उनको �यौनको जादुमय जीवन । उनले कलेज जीवनमै आफ्नो यौवनको चमत्कारिक अमिट छाप छोड्न सफल रहिन् । उनको यौवनका रस पिएर उनका कलेजका केटा साथीहरू धन्य भए, तृप्त भए । उनी मन मिल्नासाथ जो–कोहीसँग पनि नाङ्गिन संकोच मान्दिन थिइन् । उनको विचारमा �सेक्स केही पनि थिएन, यौटा रोमान्चक खेलबाहेक, जुन उनी बारम्बार खेल्न मन पराउँथिन् । उनी एकदमै खुला स्वच्छ र विशाल विचारकी थिइन् । उनले आफ्नो कलेज जीवनमा पनि तिनै केटाहरूसँग मात्रै रात बिताइन्, जुन केटाहरू उनीजस्तै स्वच्छ र खुला विचारले ओतप्रोत थिए । केटा साथीहरूसित कलेजमा खुलम खुला यौनका चर्चा देखि लिएर बीच चहुरमा चुम्बन गर्न पनि उनी कहिल्यै पछि पर्दीनथिइन् । उनमा �कहिल्यै आफू नारी भएको भान भएन �र उनले त्यो व्यक्त गरिनन् �पनि । उनी �आफूलाई केटा भन्दा केही कुरामा कमी ठान्दिन थिइन् । यति सम्म कि �उनी कलेजमा साथीहरूबीच नागिन्थिन्, जसले उनका साथीहरू बेचैन बन्थे । उनी कुरैकुरामा टिसर्ट खोल्थिन् भने गर्मी भएमा लगाएको जिन्सको पाइन्ट नै फुकाल्थिन् । उनको स्तनको प्रत्यक्ष दर्शन नपाउने उनका साथीहरू सायदै थिए होला । उनी जहाँ जान्थिन् त्यहाँ तहल्का मच्चिन्थ्यो । उनलाई कहिल्यै लज्जा संकोच र डरले छुन सकेन । उनी जहिल्यै स्वतन्त्र हुन मन पराउँथिन् । विस्तारै उनमा महत्वकांक्षी चाहनाहरू पलाउँदै गए । यस्का लागि उनले आफ्नो रूप र यौवन भजाउने निर्णय गरिन्, जसका लागि उनी विस्तारै फेसन क्षेत्रमा प्रवेश गरिन् । उनीले विश्वमै शक्तिशाली सम्पन्नशाली बन्ने जुन महत्वाकांक्षी इच्छा बोकेकी थिइन्, त्यसलाई उनी मोडलिङ क्षेत्रबाट पूरा गर्नका लागि आफ्नो सुन्दरता र यौवनको सिँढी उक्लने विचार गरिन् । यसै क्रममा उनी सन् १९८१ मा पहिलो �पटक मुम्बई गइन् । उनको महत्वाकांक्षी �स्वभावले र उच्च उद्देश्य पूरा गर्न भनी उनी मुम्बई �पुगेकी थिइन । उनी �फेशनको दौडमा अगाडि दौडेर अथाह सम्पति कमाउन चाहन्थिन् । उनले प्राकृतिक रूपमा जुन सुन्दरता र यौवन �प्राप्त गरेकी थिइन् । त्यसलाई उनी पैसाम बदल्न चाहन्थिन् । जुन उनी मुम्बइ जानुभन्दा अगाडि नै दिल्लीमा नै केही विज्ञापन �कम्पनी एडवेजबाट �ख्याती कमाइ्सकेकी थिइन् । किनभने उनको सुन्दरता र बोल्ने खुबी अथाह थियो । उनी मुम्बई गएर त्यस्ता व्यक्तिहरुरूसत सम्बन्ध अगाडि बढाइन्, जसबाट उनको उद्देश्य र महत्वाकांक्षा पूरा हून्छ भन्ने उनलाई �लाग्यो । मुम्बई �पुगेपछि उनले आफ्नो नाम प्रमिलाबाट पामेला सिंह राखिन् । पामेला उनले क्याम्पस पढ्दाखेरि नै प्रयोग गरे पनि उनका साथीहरू भने सजिलोका लागि उनलाई प्रमिला नै भन्थे । उनको �नामको पछाडि सिंह थरको पनि विवाद छ । उनको सिंह थर भएको कोहीसँग न त विवाह नै भयो न त कोही त्यस्तो दाबी गर्न नै आयो । उनको उद्देश्य प्राप्तीको पहिलो खुड्किलो उनको नामले दिलायो । प्रमिलाबाट पामेला बन्नु नै उनको उद्देश्य पूरा गर्नुको अगाध लगाव थियो । यसै क्रममा उनले १९८२ मा फेमिना पत्रिकाद्वारा आयोजित मिस इण्डिया �प्रतियोगितामा उनी सफल रहिन् । उनले आफ्नो छविलाई रातारात शिखरमा पु¥याइदिएर उद्देश्य पूर्तिमा कोशेढुंगा बनाउन सफल रहिन् ।� उनी मिस इण्डिया बनेसँगै उनलाई बलिउडमा पनि प्रवेश गर्न मन लाग्यो �। जुन उनको लागि कठिन थियो �। उनी उद्देश्य राखेपछि पुरा गर्न आतुर र अधैर्य हुन्थिन । उनमा धैर्यता भने जीवनमा कहिल्यै आएन । उनले छिट्टै आफ्नो उद्देश्य पूरा गर्नका लागि बे्रड तताउने होस या बेड दुवैमा राजि हुन्थिन् । मात्र उनको उद्देश्य पूरा हुनु पथ्र्यो । यसका लागि आफ्नो यौवनको पासो फिजाउन खप्पीस थिइन् । यसै सन्दर्भमा उनको यौवनको पासोमा गान्धी फिल्मका निर्देशक रिचर्ड एटनवरो तथा उनका केही विदेशी सहायकदेखि लिएर भारतीय वितरक एवं निर्माताहरू फसे । उनले एउटा सानो रोल पाइन् । उनले सोचे जस्तो भएन । यति सानो रोलले उनको उद्देश्यमा सहयोग गर्ने नदेखेपछि फेरी उनी विश्व सुन्दरी प्रतियोगितामा भाग लिनको लागि सन् १९८२ जुलाइमा पेरु गइन् । यो नै उनको जीवनको उद्देश्य प्राप्तिको ढोका थियो । भनौं ईश्वरले उनको उद्देश्य पूरा गर्न उनलाई त्यहाँ पु¥याएको थियो । उनले त्यहाँबाट त्यस्तो यात्रा गरिन् जुन कहिल्यै पछाडि फर्केर हेनु परेन । उनले जुन ज्यू बेचेर नै किन नहोस् घ्यू किन्ने सपना देखेकी थिइन् । त्यसको लागि उपयुक्त बाटो त्यो भन्दा अरु केही हुन सक्दैनथ्यो । उनले त्यो बाटोमा मात्रै आफ्नो जिन्दगीलाई दौडाइन जुन बाटोमा नयाँ नयाँ पुरुषहरू, प्रभावशाली हस्तीहरू, संसारका धनाढ्य, महान राजनीतिज्ञ, कलाकारसँग सजिलै सम्पर्क स्थापित गर्न सकियोस् र उनीहरू उनको यौवनको आगोको अगाडि मैन जस्तो पग्लुन् । तर उनलाई एक पल्ट भाग्यले छल्यो । उनी विश्व सुन्दरी प्रतियोगितामा असफल भइन् । तर उनी हार मान्नेवाला थिइनन् । उनी त्यस पछि फेरी केही मान्छेहरूलाई हाता लिएर पेरुबाट लस एन्जलस् गईन् । तर उनको अस्थाई भिषा र पासपोर्टमा समस्या देखियो । जसबाट मुक्त हुन उनले तुरुन्त एक जना फ्रेन्च नागरिक डोमेनिक बोर्डेससँग विवाह गरिन् । र उनी प्रमिला सिंह चौधरी पामेला, पामेला सिंह हुँदै पामेला बोर्डेस बनिन् । र संसार भरि यसै नामबाट चर्चित बनिन् । सन् १९८३ मा डोमेनिक बोर्डेससँग विवाह गरेपछि उनलाई युरोप घुम्न छुट भयो । एक करोडपति गितारबादककी श्रीमती भएपछि उनी सन् १९८५ मा लण्डन गइन् र आफ्नो शोख घोडा सवारी र टेनिसको कारणले त्यहाँको कुलिन वर्गमा पनि आफ्नो क्षेत्र विस्तार गर्दै अमिट छाप छोड्न सफल भइन् । यो नै उनको जीवनको सबैभन्दा सफल पाटो रह्यो । उनले यसै क्रममा लण्डनमा उच्च राजनीतिज्ञसँग सम्पर्क स्थापित गरिन् । उनको कुरा गर्ने कला एकदमै अद्भूत थियो र सुन्दरता अद्धितीय । उनले आफ्नै कुरा पूरा गर्न जोकोहीसँग पनि रात बिताउन राजी हुन्थिन् । त्यसपछि उनले लण्डनमा राजनीतिज्ञहरूको यौनको प्यास आफ्नो यौवनको छालले मेटाइदिन थालिन् । उनको अगाडि सत्तरी वर्षका बूढाहरू पनि १९ वर्षको तन्नेरीझैँ फूर्तिला हुन्थे । उनले गराइदिने तृप्ततादेखि जो–कोही पनि पागल बन्थे । नेताहरूमा उनको यौवनको रस लिनेमा बिर्टिस सांसद सदस्य डेबिडशा पनि थिए । उनकै सिफारिसमा पामेला हाउस अफ कमन्समा उनी रिसर्च असिस्टेन्ट बनेकी थिइन् । जहाँ उनले बिस्तारै बिस्तारै आफ्नो यौवनको पासोमा संसद् सदस्य तथा मन्त्रीहरूलाई पार्न थालिन् । अब उनको मुठीमा सांसद र मन्त्री आउन थाले । उनले निकै मायाले उनीहरूको वेश्यौली प्यास मेटाइदिन थालिन् र उनीहरूमाथि हावी हुँदै गइन् । उनको जवानीको वेग थाम्नेहरूमा इटलीका काउन्ट पार्लो कोलो बत्ती, रोमानियाका राजकुमार पाल, रोलिङ्ग स्टोफनका एक सुपर स्टार बिलवार्ड मेन अब्वजरका सम्पादक डोनाल्ड टरेल फोर्ड । बोर्डरुम पत्रिकाका सम्पादक मार्क बर्था, सण्डे टाइम्स्का सम्पादक एण्ड्रण्यु नील, सांसद हेनरी बेलिङधम, सांसद डेबिसा लिवियाली कुटनीतिज्ञ कर्नेल मुअम्मर अहमद गेडा फदेम तथा बेलायती खेलमन्त्री कोलिन मोएनिहाल आदि थिए । जसलाई पामेलको यौनको प्यास बुझाउन हम्मेहम्मे परेको थियो । �त्यसपछि पत्रपत्रिकामा उनको शान र शौखिन जिन्दगीको बारेमा छ्यापछ्याप्ती �लेख आउन थाले । त्यतिबेला सम्म ठिक थियो जतिबेला पामेला त्यस बारे प्रतिक्रिया दिन्थिनन् । तर एक पटक उनले एक यस्तो बयान दिइन्, जसले लण्डनको राजनीतिमा केही समयका लागि भूकम्प नै ल्याइदियो । उनको विषयमा १२ मार्च, १८८९ मा ब्रिटेनको एक पत्रिका न्युज अफ द वल्र्डले छाप्यो– ‘हाउस अफ कमन्समा एक वेश्या कार्यरत छे, जो मोजमस्तीको लागि जे पनि गर्न सक्छे ।’ ब्रिटेनमा यो खरबले सनसनी मच्चायो । पछि फेरि पत्रिकाहरूले लेखे कि टोटी पार्टीका सांसद डेबिड शाकी शोध सहायक पामेला वार्डेस एक वेश्या हुन् । उनी एक कलगर्ल हुन् र उनी आफ्नो थोरै कमाईको बाबजुद लण्डनमा ७५ हजार पाउन्डको मूल्यवान् महलमा बसेकी छिन् �र उनको सम्बन्ध उच्च व्यक्तिहरूसित मात्रै छ । यही शृंखलामा चलिरहेको बेला पामेलाको यौटा सनसनीपूर्ण बयान दिइन्– “यदि मैले सबै पोल खोलिदिने हो भने लण्डन ठप्पै हुन्छ । अझै मैले कोकोसँग रात बिताएँ, त्यो भनिदिएँ भने ब्रिटेनको सत्ता आजै ढल्नेछ ।” उनको समाचार र बयानलाई लिएर धेरै समय उनी मिडियाको मसला नै बनिन् । उनको सनसनी खोजेर कामुक तथा उत्तेजक फोटो छाप्ने मिडियाहरूमा प्रतिस्पर्धा नै चल्यो । उनी यस शताब्दीकै कामुक विवादास्पद र विलासी नारीको परिचय बनाउन सफल रहिन् । कुनै बेला उनको यौवनको वरिपरि सारा विश्वकै राजा–महाराजाहरू झुम्मिन्थे । एकपल्ट अमेरिकाका राष्ट्रपति जर्ज डब्लू बुसद्वारा लण्डनमा आयोजित एक पार्टीमा पामेलालाई विशेष आमन्त्रित गरिएको थियो । साथै उनी विशेष पाहुनाको साथमा अघिल्लो पंक्तिमा बसेकी थिइन् । उनले सुन्दर स्त्रीको माध्यमले आफ्ना हतियारको कारोबार चलाउन माहिर सुन्दरता स्त्रीको शौखिन उदनात खामोसीसँग उनकै आवासमा केही महिना बिताइन् । त्यस्तै उनले लिवियाका राष्ट्रपति कर्नेल मुअब्बर गद्दाफिको काकाको छोरा कर्नेल फेदमलाई पनि आफ्नो यौवनको स्वाद चखाइन् । उनलाई उनको जवानी ज्वालाबाट शान्त पार्न सण्डे टाइम्स्का सम्पादक एन्ड्रण्यु नीलले पनि आफ्नो पुरुषत्व छर्के । त्यस्तै बेर्डरुमको सम्पादक बर्था पनि निर्थुक्किए । पामेलाको बैंशमा रुझेका बर्थाकै अनुरोधमा उनले बिर्टिस संसदमा प्रवेश पाएकी थिइन् । यसरी ब्रिटिस संसदमा तहल्का मच्चाएर चर्चाको शिखरमा पुगेकी पामेलालाई निगरानीमा राखेर जाँचबुझ कमिटिद्वारा अनुसन्धान गर्दा पनि निर्दोष सावित भइन् । त्यसपछि उनी हङकङ गइन् र लगत्तै सिंगापुर पनि । सँगै इण्डोनेसिया पनि । यसरी प्रमिला चौधरीबाट पामेला वार्डेस बनेर विश्वलाई आफूतिर केन्द्रित बनाएकी भारतीय नारी पामेलाका चरित्रलाई खोट लगाउँदै उनकी आमाले उनीसँग सम्बन्ध तोडेपछि उनी वेश्यावृत्ति वा दलालीद्वारा युगौँयुग पुग्ने सम्पत्ति समातेर यौटा फोटोग्राफरको रूपमा बिताउँदै छिन् । सन् २०१०मा उनी गोवाको एउटा सानो माझी वस्तीमा एउटा घरमा देखिएकी थिइन् �। भनिन्छ, उनी हाल पनि गोवामा नै बस्दै आएकी छिन् ।

भिडियो तल क्लिक गर्नुहोस 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

+ comments + 1 comments

April 12, 2013 at 11:13 AM

for hv fun in sex contact on lovem8775@gmail.com

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger