Widgets

Home » » पद्धति फेरिने डरले लाइसेन्स बनाउनेको संख्या बढ्दो

पद्धति फेरिने डरले लाइसेन्स बनाउनेको संख्या बढ्दो

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० चैत, काठमाण्डौं । मोटरसाइकल र स्कुटर लाइसेन्सका लागि पिच गरिएको भुईमा २.७ मिटर दूरीका पाँचवटा पोल कटाउन पनि मुस्किल पर्नेहरुलाई अबका दिन झनै कस्टकर हुनेछन् । आउँदो बैशाखदेखि कच्ची बाटोमा विभिन्न सात तहको ट्रायल पास गरेमात्रै लाइसेन्स पाइनेछ । कच्ची बाटो पनि सिधा र समतल हुँनेछैन्, भिरालो, कच्ची र खाल्डाखुल्डीमा ट्राफिक संकेतका आधारमा मोटरसाइकल गुडाउनुपर्नेछ । प्रिवर्तन हुन लागेको यो नियमबाट डराएर अहिले सवारी चालक अनुमतिपत्र लिन आवेदन दिनेहरुको संख्या हृवात्तै बढेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले लाइसेन्स परीक्षामा परिवर्तन गर्ने तयारीसगै आवेदन दिनेको संख्या शतप्रतिशत बढेको बागमती अञ्चल यातायात व्यवस्था कार्यालयले जनाएको छ । ‘सामान्य अवस्थामा दैनिक ३ सयदेखि ५ सय संख्यामा परीक्षामा र्फम भरिन्थ्यो, हिजो आज बढेर १२ सयसम्म पुग्यो,’ कार्यालय प्रमुख राजेन्द्र घिमिरेले भने, ‘हामीले बैशाख १ देखि नै परीक्षा प्रणालीमा परिवर्तन गर्नेछौं ।’ आइतबार मात्रै पनि एकहजार भन्दा बढीले आवेदन दिएको उनले बताएका छन् । ‘आवेदन दिन आउनेहरु सवैभन्दा बढी अनिवार्य एसएलसी उत्तीर्णका् व्यवस्थादेखि डराएका छन्,’ उनले भने । स्कुटीका लागि अरुबेला २ सयदेखि २ सय ५० सम्म परीक्षा दिने गरेकोमा हाल ५ सयदेखि ७ सयसम्म पुगेका छन् । साना गाडीको संख्या पनि औसत ३ सयबाट बढेर ५ सयभन्दा बढी पुगेको घिमिरेले बताएको खबर कारोबार दैनिकले छापेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger