Widgets

Home » » मुस्ताङ म्याक्स सिंहदरबारमा थन्कियो, रेग्मीलाई डेढ करोडको गाडी

मुस्ताङ म्याक्स सिंहदरबारमा थन्कियो, रेग्मीलाई डेढ करोडको गाडी

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० चैत, काठमाण्डौं । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चढेको चर्तित मुस्ताङ म्याक्स गाडी भट्टराईको बहिर्गमनसँगै सिंहदरबारमा थन्किएको छ । प्रधानमन्त्रीको शपथ खाएकै दिन ११ भदौ ०६८ मा डा. भट्टराईले महँगा विदेशी गाडीको सट्टा स्वदेशमै फिटिङ भएको मुस्ताङ म्याक्स चढेर चर्चा बटुलेका थिए । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने भन्दै भट्टराईले मुस्ताङ चढेपनि त्यसको सिको उनकै मन्त्रीले पनि गरेनन् । त्यसैले मुस्ताङ म्याक्सले सुरुमा ल्याएको तरंग पछि सेलाएको थिायो । भट्टराई सरकारको विस्थापन पछि सरकार प्रमुख बनेका खिलराज रेग्मीले विलासी गाडीमै रुचि देखाएपछि अहिले मुस्ताङ म्याक्स गृह मन्त्रालयमा थन्किएको नयाँ पत्रिकामा खबर छ । ‘प्रधानमन्त्री चढेको गाडी अन्य सामान्य व्यक्तिलाई चढ्न दिने कुरा भएन, त्यसैले थन्क्याइएको हो,’ गृहमन्त्रालयका एक अधिकारीले भने । यता नयाँ सरकारका प्रमुख रेग्मीले भने डेढ करोड रुपैयाँ भन्दा बढी पर्ने टोयोटा ल्यान्डक्रुजर चढ्दै आएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger