Widgets

Home » » नेकपा-माओवादीसहितका ३३ दलहरुले सिंहदरवार घेर्ने

नेकपा-माओवादीसहितका ३३ दलहरुले सिंहदरवार घेर्ने

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० चैत, काठमाण्डौं । दोस्रेा पटक हुन लागेको संविधानसभाको चुनावी प्रक्रियाको विरोध गर्दै आएका साना ३३ दलहरुले आज सिंहदरवार घेराउ गर्ने भएका छन् । प्रमुख ४ राजनीतिक शक्तिले गरेको ११ बुँदे सहमति र अन्तरिम संविधानका २५ वटा धारामा गरिएको संसोधनप्रति असहमति जनाउँदै आएका साना दलहरुले विरोधस्वरुप सिंहदरवार घेरा गर्न लागेका हुन् । अहिले केहीबेरमा सिंहदरबार पुगि घेराउ सुरु गर्ने नेकपा-माओवादीका पोलिटव्युरो सदस्य हरिभक्त कंडेलले जानकारी दिनुभयो । सरकारको विपक्षमा रहेका ३३ दलले ११ बुँदे सहमतिको खारेज र अन्तरिम संविधानका सच्याइएका २५ धारालाई फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । आफूहरुको असहमति कायमै रहँदासम्ममा संविधानसभाको प्रयोजनको लागि सुरु गरिएको मतदाता नामावली सङ्कलन रोक्न आग्रहगर्दै उनीहरुले हिजो निर्वाचन आयेगका पदाधिकारीसँग छलफल गरेका थिए । निर्वाचन प्रक्रियाको विरोधमा लागेका दलहरुको नेतृत्व नेकपा-माओवादीले गरेको छ । साना दलहरुले सिंहदरवार घेराउ गर्ने भएपछि सिंहदरवार वरपरको सुरक्षाव्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger